नाडा अटो शोमा फोर्स अरबानीया भ्यान

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेपालस्थित फोर्स मोटर्सको आधिकारिक बिक्रेता आयाम इन्टरकन्टिनेटल प्रालिले नाडा अटो शोमा बहुप्रतिक्षित फोर्स कम्पनीको अरबानीया भ्यान सार्वजनिक गरेको छ । कम्पनीका अनुसार उक्त भ्यान नेपालमा आयातित माइक्रो बसमध्येमा सबैभन्दा प्रिमियम सुविधायुक्त रहेको छ भने कार जस्तै आरामदायी र सुविधासम्पन्न रहेको छ ।

भ्यान विश्वप्रसिद्ध मर्सिडिज बेन्जको डिजाइनमा बनेको तथा सोही कम्पनीको इन्जिन, गेयरबक्स तथा एक्सल जडान गरिएको छ । आकर्षक र सुविधासम्पन्न देखिएको माइक्रो बसमा १५ र १८ सिट क्षमताम उपलब्ध छन् भने १५ सिटे भ्यानको मूल्य ८२ लाख ९९ हजार र १८ सिटे भ्यानको मूल्य ८६ लाख ९९ हजार रुपैयाँ रहेको छ ।

साथै नाडा अटो शोमा बुकिङ गर्नेका लागि आकर्षक छुट सुविधासमेत उपलब्ध हुने कम्पनीले जनाएको छ । फोर्स मोटर्सका नेपालका २२ डिलर तथा सर्भिस सेन्टर रहेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?