लिबिया बाढी : बीस हजारले ज्यान गुमाएको आशंका

हिमालय टाइम्स
Read Time = 2 mins

त्रिपोली । लिबियामा ड्यानियल आँधीसँगै परेको मूसलधारे वर्षापछिको बाढीले दुईवटा बाँध भत्काउँदा करिब २० हजार जनाले ज्यान गुमाएको आशंका गरिएको छ । पूर्वी लिबियाको बन्दरगाह शहर डेर्नाका प्रमुख अब्दुलमेनम अल-गैथीधच अनुसार बाढीमा परी १८ हजारदेखि २० हजार मानिसको मृत्यु भएको छ । दुईवटा बाँध फुट्दा डेर्ना नगर र आसपासका जिल्लाका बासिन्दाको तथ्यांकमा आधारित भएर उहाँले त्यति धेरै लिबियालीले ज्यान गुमाएको बताउनुभएको हो ।

डेर्ना र वरपरका जिल्लामा भएको अकल्पनीय विनाशका आधारमा मृतकको संख्या २० हजारको हाराहारीमा पुगेको अल-अरेबिया टिभीलाई उहाँले बताउनुभएको छ ।

बाढीमा पाँच हजार तीन सयभन्दा बढीको मृत्यु भइसकेको र कम्तीमा दश हजारभन्दा धेरै हराइरहेका अन्तर्राष्ट्रिय सहायता निकायहरूले पुष्टि गरेका छन् । बाढीले भत्काएका सडकका चेप र खोच तथा समुद्र किनारमा पुर्‍याएका शव निकाल्ने काम भइरहेको छ ।

लिबियाका दुवै प्रतिद्वन्द्वी सरकारले बाढी पीडितहरूको लागि राहत सामग्री परिचालनमा समन्वय गरिरहेका छन् भने इजिप्ट, ट्युनिसिया, इटाली, स्पेन र टर्कीलगायत देशबाट उद्धार टोली त्रिपोली आइपुगेका छन् । रासस/एएफपी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?