✍️ बिजन दुवाडी
विश्वमै सशक्त र सजिलो सञ्चार माध्यमका रूपमा रेडियोलाई लिइन्छ । नेपालको सानो ठूलो हरेक परिवर्तनमा रेडियोको भूमिका अतुलनीय छ । यसलाई कसैले नकार्न सक्तैन, हाम्रो नेपालको सन्दर्भमा हेर्ने हो भने प्रजातन्त्र, लोकतन्त्र, भूकम्प, कोरोना जस्ता ठूला महामारीको समयमा रेडियोले अतुलनीय भूमिका खेलेको छ । त्यतिबेला खासगरी राष्ट्रिय एकता र समग्र विकासका लागि विश्वसनीय, गुणस्तरीय, अग्रणी प्रसारण माध्यमको रूपमा रेडियोले आफूलाई दर्ज गरेको सबैले महसुस गरेकै कुरा हो । राष्ट्रिय हितलाई सधै सर्वोपरी राखेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गतिविधिको व्यापक जानकारी दिन र राष्ट्र तथा जनताको आर्थिक, बौद्धिक तथा सामाजिक उत्थानमा सघाउ पुर्याउनका लागि रेडियो हिजो, आज र भोलिसम्म पनि उतिकै भूमिकामा देखिनेछ ।
रेडियो हरेक राष्ट्रको बलियो सूचना प्रवाहको माध्यम भएकाले रेडियोहरूको क्षमता विस्तारदेखि यसको गुणस्तरसम्म राज्यले जोड दिन जरुरी छ । रेडियोमा अब प्रशारकले समय अनुकूलका प्रशारणका विषयवस्तु निर्माण तथा सही समयमा प्रशारण गर्न सके यसको प्रभावकारीता अझै बढ्नेछ ।
रेडियोको माध्यम गाउँबस्ती झुपडीमा जनताको आवाज बनेको छ, रेडियोका साथै सञ्चार माध्यममा पत्रिका टेलिभिजनले यो समाजमा देखाएको बाटोको बर्णनगरी साध्य छैन । अहिले देशमा भ्रष्टचार मौलाएको छ, आर्थिक मन्दीले देश चौपट छ, देशमा भविश्य नदेखेर देश छोड्नेहरूको लर्को छ, नेपालका रेडियोहरू यस्तो अवस्थामा पनि नेपालको संविधानले व्यवस्था गरेको विचार र अभिव्यक्तिको स्वतन्त्रता तथा सञ्चार र सूचनाको हकलाई व्यवहारमा ल्याउन अनि बहुभाषा प्रसारणको माध्यमबाट संघ, प्रदेश र स्थानीय तहका विषयवस्तुहरूलाई उजागर गर्दै आम नेपालीबीच सामाजिक सद्भाव कायम राख्न क्रियाशील छन् ।
संयुक्त राज्य अमेरिकामा दि नेल्सन कम्पनीले गत जुनमा एउटा तथ्यांक सार्वजनिक गरेको थियो, जसमा ९० प्रतिशतभन्दा बढी अमेरिकीको पहुँच रेडियोमा भएको देखाएको थियो । नेपालको सन्दर्भमा पनि के गाउँ के सहर रेडियो सुन्ने स्रोताको कमी छैन तर शेयरकाष्ट इनिसिएटिभले गरेको सर्वेक्षणले रेडियो सेटबाट रेडियो सुन्नेको संख्या ४८ प्रतिशत छ भने मोबाइलबाट रेडियो सुन्नेहरू ५६ प्रतिशत छन् । आजको समयमा पनि रेडियोलाई सूचनाको भरपर्दो स्रोत मान्ने गरिन्छ । पछिल्लो समय मान्छेहरू सामाजिक सञ्जालमा बढी व्यस्त छन् तर पनि रेडियो सुन्नेहरू घटेका छैनन् । देशको आर्थिक अवस्थामा रेडियोले दिने सामग्रीहरूबाट पनि श्रोताहरूलाई बिचलित बनाएको छैन बरू देशमै केही गरौं भन्ने सोच बढेको छ ।
रेडियो हरेक राष्ट्रको बलियो सूचना प्रवाहको माध्यम भएकाले रेडियोहरूको क्षमता विस्तारदेखि यसको गुणस्तरसम्म राज्यले जोड दिन जरुरी छ । रेडियोमा अब प्रशारकले समय अनुकूलका प्रशारणका विषयवस्तु निर्माण तथा सही समयमा प्रशारण गर्न सके यसको प्रभावकारी अझै बढ्नेछ । अब रेडियो स्टेसनहरू पनि आआफ्नो स्पष्ट धार वा शैलीमा प्रस्तुत हुन ढिलो भइसकेको छ । जस्तै, विदेशको हकमा संगीतमै पनि पप जनरा, गजल, ब्लूज, रक, फल्क शैलीका गीतमात्र बज्ने छुट्टै रेडियो स्टेसनहरू छन् । कतिपय रेडियोले सामाजिक जनजीवनका विषयवस्तुमात्रै समेट्ने जस्तै, कृषि, वातावरण, लैंगिक समानता, जैविक विविधता, धार्मिक, सांस्कृतिकजस्ता विषयवस्तु मात्रै समेट्ने रेडियो स्टेसन छन् ।
कतिपय रेडियो स्टेसन विद्यालय, विश्वविद्यालय, ट्राफिक व्यवस्थापन, जस्ता विषयवस्तुमा मात्रै केन्द्रित रहेर प्रशारण गर्ने ट्रेण्ड छ । नेपालको सन्दर्भमा पनि यो अभ्यास एक दशकयता गरिएको छ र पनि व्यावसायिक रूपमा यी रेडियो स्टेसनहरू बलियो हुन सकिरहेका छैनन् । यसको कारण प्राविधिक पक्ष, उपकरण, प्रशारण पहुँच अनुमती, विषम भूगोल, दक्ष जनशक्ति, लगानी आदि हुनसक्छन् । अब प्रश्न उठ्छ, यी रेडियोहरूको आर्थिक सबलीकरण कसरी गर्ने त ? नेपालको सन्दर्भमा स्वतन्त्र रेडियोहरूलाई सरकारले अनुदान, सहुलियतपूर्ण ऋण, कर्जा, रेडियोको नियमित सञ्चालन खर्च धान्न सक्ने व्यापारको कुनै व्यवस्था छैन, मात्रै निजी क्षेत्रको वस्तु तथा सेवाको विज्ञापनले अहिलेको बजार धान्न कठिन छ ।
नेपालमा नियामक निकायले निजी तथा सरकारी कुनै पनि वस्तु तथा सेवाको बिक्रीको कम्तीमा एकदेखि पाँच प्रतिशत विज्ञापनमा अनिवार्य खर्च गनुपर्ने प्रावधानको कानुनी व्यवस्था अध्ययनकै चरणमा छ । जसले कानुनी मान्यता पाएको खण्डमा वस्तु तथा सेवा उत्पादक, वितरक र स्वतन्त्र सञ्चारमाध्यम सबैको हित हुने निश्चित छ । आशा गरौं, रेडियो स्टेसनहरू पनि देशको आर्थिक समृद्धिका लागि एउटा मजबुत खम्बाका रूपमा आफूलाई स्थापित गरस् हिजोको इतिहासलाई आर्थिक सबलीकरणमा स्थापित भई अर्को नयाँ इतिहास रच्न सफल हुनेछन् । यो राष्ट्र र जनताको सर्वोपरी हित हुनेछ । जय रेडियो !
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच