दैनिक आउने विरामीको संख्या बढ्दै गएसँगै विशेषज्ञ सेवा विस्तार गर्दै बुटबलको लुम्बिनी प्रादेशिक अस्पताल

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 11 mins

रुपन्देही । पछिल्लो समय खानपान, रहन–सहन र जलवायु परिवर्तनका कारणले जनस्वास्थ्यमा धेर ैप्रकारका घातक स्वास्थ्य समस्या देखिने गरेका छन् । यसमा पनि नसर्ने रोगको भयावह अवस्था छ । तर, उपचारका लागि सहज, सुलभ, प्रभावकारी रस्तरीय सेवा छैन ।उपलव्ध भएको पनि पालो कुर्दा उस्तै परे ज्यान जाने, भएभरको सम्पत्ती सकिने र विरामीको ज्यान पनि सकिने दर्दनाक बेथा धेरैले भोग्नुपरेको छ ।

बुटवलमा रहेको मुलुककै पुरानो मध्येको विशेषज्ञ सेवा सहितको लुम्बिनी प्रादेशिक अस्पतालमा दैनिक २५०० को हाराहारीमा विरामीहरु आउँछन् ।

यीमध्ये पछिल्ला समयमा अधिकांशमा नसर्ने प्रकारका जटिल रोग समेत देखिनेगरेका छन् । मुटु, मिर्गौला, पाचन प्रणाली, कलेजो, आन्द्रा र पेटको समस्या भएका बिरामीका लागि सहज, सुलभ र प्रभावकारी उपचारको प्रबन्ध छैन ।

जटिल अवस्थाकालाई तत्कालै रिफर गरिन्छ भने थप परीक्षण गर्नुपर्नेलाई समेत बाहिर जानुपर्ने बाध्यता छ ।यहीँ अवस्थालाई मध्यनजर गर्दै लुम्बिनी प्रादेशिक अस्पतालले अहिले केही विशेषज्ञ सेवा थप गर्न लागेको छ ।

युरोलोजिस्ट, ग्यास्ट्रोइन्टेरोलोजिस्ट तथा डाइजेस्टिभ डिजीज र क्याथल्याबका सेवा विस्तारको तयारी भइरहेकोअस्पताल विकास समितिका अध्यक्ष अजयमान श्रेष्ठले वताउनु भयो । यद्यपि यसको तारतम्य मिलाउने निकाका रुपमा रहेको प्रदेश सरकारले ‘फास्टट्रयाक’माकाम गरिरहेको छैन ।

ग्यास्ट्रोइन्टेरोलोजिस्ट तथा डाइजेस्टिभ डिजीज अन्तरगत पेट, कलेजो,आन्द्रा र पाचन प्रक्रिया लगायतमा हुने समस्या हो । यसप्रकारका समस्या भएका बिरामी दैनिक रुपमा आउने गरेका छन् ।युरोलोजिस्ट भन्नाले मुत्र रोग विशेषज्ञ बुझिन्छ । जसले महिला, पुरुष,बच्चा तथा वृद्धको मुत्र प्रणालीका अंगहरु (जस्तैः मिर्गौला, मुत्रबाहिनी नली, मुत्रथैली, मुत्रनली र लिङ्ग) सम्बन्धी रोगको निदान र उपचार गर्छन । यसबाहेक प्रजनन प्रणाली र एड्रिनल ग्रन्थीसम्बन्धी अवस्थालाई पनि उपचार गर्ने गर्दछन् ।

यसक्षेत्रको सबैभन्दा पुरानो विशेषज्ञ सेवा दिने अस्पतालमा सामान्य अवस्थाका धेरै विरामी आउँदा अरु जटिल रोगका विरामीलाई अन्यत्र रिफर गर्नुपर्ने बाध्यता छ । यसलाई व्यवस्थापन गर्दै अत्यावश्यक देखिएका सेवाविस्तार गर्ने तयारी भइरहेको अस्पताल विकास समितिका अध्यक्ष अजयमान श्रेष्ठको भनाइ छ ।

हाल अस्पतालमा आउने मध्येका अधिकांश बिरामीमा मुटु, मिर्गौला, पाचन प्रणाली, कलेजो, आन्द्रा र पेटको समस्या भएका छन् । तर, तिनीहरुको परीक्षण र उपचारको सहज प्रबन्ध प्रादेशिक अस्पतालमा छैन ।

कतिपय नसर्नेरोगको त यहाँ परीक्षण समेत हुँदैन । विरामीहरु महँगोमा अन्यत्र र निजीतथा सामुदायिकमा धाउनुपर्ने बाध्यतामा छन् । यता सेवा उपलब्ध रहेकोसामुदायिक अस्पताललाई पनि न त जग्गाको प्रबन्ध छ न त आवश्यक भवनको नै ।

राज्यको समग्र स्वास्थ्य नीति मै परिवर्तनको खाँचो महसुश भइरहेको विज्ञहरुको गुनासो छ । लुम्बिनी प्रादेशिक अस्पतालमा करिब ७ करोडको लागत माग्यास्ट्रो इन्टेरोलोजिस्टको सेवा प्रदान गर्ने उद्देश्यले एक वर्ष अघि नैइआरसीपी मेसिन र मोटराइज्ड स्पाइलर इन्टेरोसेपी मेसिन गरिद गरेर राखिएको छ । आधुनिक प्रकारको यो उपकरणसहितको यो सेवा सञ्चालन गर्न इआरसीपी,इन्स्टरोस्कोपी विषयमा तालिम लिएको डीएम ग्यास्ट्रोइन्टेरोलोजिस्ट चाहिन्छ । बुटवलमै रहेका यस्ता विशेषज्ञलाई अस्पतालले हायर गरेर नयाँ सेवा थप गर्न सक्ने भएपनि त्यसतर्फ ध्यान गएको छैन ।

यस्तै क्याथल्याबको मेसिन समेत समेत करिब १० करोड रुपैयाँमा खरिद गरेरजडान गरी राखेको झण्डै १० महिना भयो । अहिले नयाँ समिति आएपछि यसकासरोकार वालासंग ताकेता गरेपछि अबको दुई तीन महिनामा क्याथल्याब सञ्चालन ल्याउनेगरी तयारी भएको अस्पताल विकास समितिका अध्यक्ष श्रेष्ठले वताउनु भयो । क्याथल्याब सञ्चालनका लागि कार्डियोलोजिस्ट सहितका स्वास्थ्यकर्मीको अहिले बल्ल प्रबन्ध भएको छ ।
यद्यपि आपतकालिन अवस्थाको सेवा यसबाट तत्काल दिन सकिने अवस्था नभएको मेसु थापाको भनाइ छ । सामान्य प्रकारका विरामीलाई उपचार गर्न मिल्नेगरी अबको तीन महिनासम्ममा क्याथल्याब सञ्चालन गर्नेगरी काम भइरहेको मेसु थापाले वताउनु भयो।

यसमा एन्जिओप्लास्ट र एन्जिओग्राफका सेवा विस्तार गरिने छ । हृदयघात भएरसामान्य अवस्थामा फर्केका र हृदयघातको सामान्य लक्षण देखिएका बिरामीको परीक्षण गर्नेगरी क्याथल्याब चलाउने तयारी भइरहेको मेसु थापाको भनाइ छ । सर्वसाधारणका लागि निःशुल्क ओपिडी सेवा, अति विपन्नलाई बेडमा समेत छुट र बीमाको समेत प्रबन्ध गरिएकाले अहिले लुम्बिनी प्रादेशिक अस्पतालमा सर्वसाधारणको आकर्षण बढाएको छ ।

यद्यपि नसर्ने प्रकारका गम्भीर रोगकोपरीक्षण र उपचार दुबै प्रभावकारी हुन सकिरहेको छैन ।विरामीहरुको समस्या र अवस्थालाई हेरेर अहिले विशेषज्ञ सेवा थप गर्न लागेको, नयाँ नियमावली बनाउन लागेको, सर्वपक्षीय सम्मेलन मार्फतकार्य योजना तय गर्न लागिएको समितिका अध्यक्ष श्रेष्ठले वताउनु भयो ।श्रेष्ठले आफ्नो नेतृत्वमा समिति बनेदेखि यहाँको यथार्थ अवस्था रसमस्याको अध्ययन गरी सामूहिक रुपमा समाधानको प्रभावकारी पहल सुरु गरिएको वताउनु भएको छ ।

विरामीको अनुपातमामा न्यून रहेको जनशक्ति र उपलव्ध साधन स्रोतबाटैप्रभावकारी सेवा प्रावह गर्ने उद्देश्यले समितिको अगुवाईमा नयाँ नियमावलीबनाइरहेको बताउँदै अध्यक्ष श्रेष्ठले २४ सै घण्टा अस्पताल सञ्चाल गर्दासिफ्ट मिलान गर्नेदेखि काम गर्नेलाई जवाफदेही र प्रोत्साहित गराउनेउद्देश्य लिइएको वताउनु भयो ।

एनआइसीयु र एसएनआइसीयु पनि थप गरिँदै

मातृ तथा शिशु स्वास्थ्यलाई थप गुणस्तरिय बनाउन नवजात शिशु सघन उपचार(एनआइसीयु) बिभागको ८ सैयालाई बिस्तार गरि १२ पु¥याउने र नवजात शिशुबिशेष हेरचाह (एसएनसीयु) बिभागलाई १३ सैयाको स्थापना गरि सेवा प्रदानगर्न लागिएको मेसु थापाले वताउनु भयो । लुम्बिनी प्रदेशका १२ जिल्ला सहितगण्डकी प्रदेशका स्याङ्जा, पर्वत र बागलुङ जिल्लाका नागरिक समेत यहीँअस्पतालमा स्वास्थ्य सेवा लिन आउने गरेको र अवस्था हेरेर कैयौंलाईनिशुल्क समेत सेवा प्रदान गर्दै आइएको छ ।

के–के छन् उपलव्ध सेवाहरु

अस्पतालमा विशेषज्ञ सेवासहित सामान्य चिकित्सा, सामान्य शल्यक्रिया, बालचिकित्सा, कार्डियोलोजी, न्यूरोलोजी, न्यूरोसर्जरी, युरोलोजी मनोरोग,अर्थोपेडिक शल्यक्रिया (फिजियोथेरापी सेवा सहित), नाक, कान, घाँटी(इएनटी) शल्यक्रिया, स्त्री तथा प्रसूति रोग विभागहरू र मुख स्वास्थ्य तथा दन्त र छालाको लागि ओपीडीका सेवाहरू अस्पतालले उपलव्ध गराउँदै आएकोअस्पतालका सूचना अधिकारी डा. नेत्रबहादुर रानाले जानकारी दिनु भयो ।

यसका अतिरिक्त अत्याधुनिक सेवासहितको प्रयोगशाला, रेडियोलोजी, इको,अल्ट्रासाउण्ड, इसिजी, इन्डोस्कोपीलगायतका सेवाहरू पनि उपलब्ध छन् ।नियमित रुपमा खोप, एआरटी सेवा, पोषण, सुरक्षित मातृत्व, परिवार नियोजनसेवा, क्षयरोग नियन्त्रण कार्यक्रमलगायत डटस, कुष्ठरोग नियन्त्रण कार्यक्रम र मलेरिया नियन्त्रण कार्यक्रम प्रत्यक्ष अवलोकन थेरापी (डट्स)सेवा पनि अस्पतालले उपलब्ध गराउँदै आएको डा रानाले बताउनु भयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?