सय दिनमा दुर्ई करोड बढी राजस्व असुली

प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
Read Time = 2 mins

नवलपरासी । पश्चिम नवलपरासीमा प्रहरीले एक सय दिनमा दुई करोड २४ लाख ४६ हजार तीन सय १५ रुपैयाँ राजस्व संकलन गरेको छ । नेपाल भारतको सीमावर्ती क्षेत्रबाट आउने अवैध मालसामान, लत्ताकपडा तथा दाल, चामललगायतका अन्य खाद्यान्न ओसारपसार गर्ने एक ट्रक, दुई पिकअप, तीन ट्रली, ३१ मोटरसाइकल र एक साइकल गरी ३८ सवारीबाट प्रहरीले उक्त राजस्व असुली गरेको हो ।

अवैध नदीजन्य पदार्थ उत्खनन्मा २३ ट्याक्टर र एक टिपर गरी २४ सवारीसाधनबाट तीन लाख ७४ हजार सात सय ५० रुपैयाँ राजस्व असुली गरेको छ ।

त्यस्तै, स्रोत नखुलेको २० लाख रुपैयाँसहित एक थान मोटरसाइकलमा सवार दुईजना पक्राउ परेका छन् भने अवैध वन पैदावारमा संलग्न पाँचवटा साइकल बरामद गरेको छ । जसबाट ५० हजार राजस्व असुली भएको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपरासीमा कार्यालय प्रमुखका रूपमा प्रहरी उपरीक्षक काजीकुमार आचार्य आएको एक सय दिन पूरा भएको अवसरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उक्त जानकारी दिइएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?