छानिए ‘डिएसए स्टार’

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । सौन्दर्य प्रतियोगिता ‘डिएसए स्टार २०२३ सिजन-११’ मा विधागत रुपमा विभिन्न विजेता छानिएका छन् । नेपाल वायु सेवा निगमका प्रमुख कार्यकारी अधिकृत युवराज अधिकारीको प्रमुख आतिथ्यमा भएको प्रतियोगितामा ‘मिनी डिएसए डान्सिङ स्टार’को उपाधि अर्पण पोखरेलले जित्दा तिम्बना अधिकारी ‘फष्ट रनरअप’ र अरियाना कुमाल ‘सेकेण्ड रनरअप’ हुनुभयो ।

त्यस्तै ‘जुनियर डिएसए डान्सिङ स्टार’तर्फ प्रितिका तिवारी विजेता, आरभ गुरुङ ‘फस्ट रनरअप’, कृतिमा तिमल्सिना ‘सेकेण्ड रनरअप’, बिम्बिसर आले ‘थर्ड रनरअप’, आयुष्मा थापा ‘फोर्थ रनरअप’, अनमोल गुरुङ ‘फिफ्थ रनरअप’ र नुमा लिम्बू ‘सिक्स्थ रनरअप’ हुनुभयो ।
‘जुनियर डीएसए सिंगगिङ स्टार’तर्फ सनिस्ता रेग्मी विजेता, मन्दीप शाह ‘फष्ट रनरअप’, सृष्टि कार्की ‘सेकेण्ड रनरअप’ र सोनिका थापा ‘थर्ड रनरअप’ घोषित हुनुभयो ।

यस्तै ‘जुनियर डीएसए एक्टिङ स्टार’तर्फ पवनराज मुडवरी विजेता, विधान न्यौपाने ‘फष्ट रनरअप’, मञ्जितजंग पाण्डे ‘सेकेण्ड रनरअप’ बन्नुभयो । ‘प्रि–टिन डिएसए डान्सिङ स्टार’तर्फ तेजस्वी सुवेदी विजेता, रोस्मा वली ‘फष्ट रनरअप’, अलास्का थापा मगर ‘सेकेण्ड रनरअप’, दिव्या श्रेष्ठ ‘थर्ड रनरअप’, म्युजिका गुरुङ ‘फोर्थ रनरअप’, कल्पना बिके ‘फिफ्थ रनरअप’ र दिव्यांश सिंह साउद ‘सिक्स्थ रनरअप’ हुनुभयो ।

यसैगरी ‘प्रि-टिन डीएसए सिंगगिङ स्टार’मा अरुनेक्स श्रेष्ठ विजेता, प्रिन्स साउद ‘फस्ट रनरअप’, युनिक थापा मगर ‘सेकेण्ड रनरअप’, सुवर्ण तिमल्सिना ‘थर्ड रनरअप’ र ‘प्रि-टिन डिएसए एक्टिङ स्टार’मा सिरिश सापकोटा विजेता, रुबी लामिछाने ‘फष्ट रनरअप’ र रेयान हुसेन ‘सेकेण्ड रनरअप’ हुनुभयो । विजेतालाई २०२४ मा जर्जियामा हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालबाट सहभागी गराइने आयोजक परिवर्तन इभेन्ट हाउसले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?