बिद्यालय बन्द गरी आन्दोलनमा सहभागि हुन आह्रवान

निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 2 mins

भोजपुर । असोज तीन गतेबाट सुरु हुने आन्दोलनमा बिद्यालय बन्दसहित सहभागि हुन नेपाल शिक्षक महासंघ भोजपुर जिल्ला समितिले आग्रह गरेको छ ।

नेपाल शिक्षक महासंघ भोजपुरले जिल्लाका सबै विद्यालय बन्द गर्दे सशक्त आन्दोलनमा उत्रन शिक्षकहरुलाई आव्हान गरेको महासंघका जिल्ला सचिव गणेश कुमार श्रेष्ठले बताउनुभयो । महासंघ र सरकार बीच भएका सहमति तथा शिक्षक कर्मचारीका मागमुद्धा र हकहित प्रतिकुल हुने गरी नेपाल सरकारले बिद्यालय शिक्षा सम्वन्धी कानुनलाई संसोधन र एकीकरण गर्न बनेको बिद्ययेक ल्याउन लागेकाले त्यसको बिरोधमा आन्दोलन सुरु भएको हो ।

नेपाल शिक्षक महासंघ केन्द्रिय समितिले घोषणा गरेको कार्यक्रममा ऐक्यबद्धता जनाउँदै भोजपुर महासंघले पनि स्वतस्फुर्त रुपमा आन्दोलनका कार्यक्रममा सहभागि हुन बैठकबाट नै आह्रवान गरेको जिल्ला अध्यक्ष राजधन राईले बताउनुभयो ।

महासंघले शिक्षा दिवसका अवसरमा हुने र शिक्षा, बिज्ञान तथा प्रबिधि मन्त्रालयको आयोजनामा हुने सवै कार्यक्रमहरु बहिष्कार गर्न समेत बिद्यालयका शिक्षक कर्मचारीहरुलाई आग्रह गरेको छ । ‘आन्दोलनमा जानु शिक्षकहरुको रहर होईन बाध्यता हो ।’ महासंघ सचिव श्रेष्ठले भन्नुभयो, 'सरकारले शिक्षक महासंघसंग गरेको पटक पटकको सहमति उल्लघंन गर्दै शिक्षा विद्येयक संसदमा दर्ता गरेकोका कारण आन्दोलनमा उत्रिनु परेको हो ।"

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?