नेपाल पाकिस्तानसँग पराजित

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । घरेलु टोली नेपाल साफ यू-१९ च्याम्पियनसिपको पहिलो खेलमा पराजित भएको छ । समूह ‘ए’ अन्तर्गत दशरथ रंगशालामा बिहीबार साँझ भएको पहिलो खेलमा नेपाल पाकिस्तानसँग १-० ले पराजित भएको हो ।

पाकिस्तानका लागि मिडफिल्डर अली जफरको उत्कृष्ट गोल गर्नुभयो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ७६औं मिनेटमा पाकिस्तानले अग्रता लिएको थियो । अलि जफरले लामो दुरीबाट गरेको प्रहार पोस्टको माथिल्लो भाग हुँदै गोलमा परिणत भयो ।

जितसँगै पाकिस्तानले समूह ‘ए’ मा तीन अंक जोडेको छ । नेपालले अब अर्को खेल माल्दिभ्ससँग सेप्टेम्बर २५ मा खेल्नेछ । त्यसअघि माल्दिभ्सले सेप्टेम्बर २३मा पाकिस्तानको सामना गर्ने छ ।

यस्तै अर्को खेलमा भारतले बंगलादेशलाई ३-० को गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको छ । भारतको जितमा गुग्मसार गोयारी, नाओबा पंगमबम र अर्जुन सिंह ओइनामले समान एक एक गोल गर्नुभएको थियो ।

भारतले खेलको पहिलो मिनेटमा नै गुग्मसार गोयारीको गोलबाट अग्रता लिएको थियो । पहिलो हाफको अन्तिममा नाओबा पंगमबमले बंगलादेशी डिफेन्डरको खुट्टाबाट बल खोसेर दोस्रो गोल गर्नुभयो । भारतले भने खेलको अन्त्यतिर अर्को गोल थप्दै जित सुनिश्चत गर्यो । कप्तान इशान शिशोदियाको पासमा अर्जुन सिंह ओइनामले खेलको ९० औं मिनेटमा तेस्रो गोल गर्नुभयो ।

जितसँगै भारतले समूह ‘बी’ मा तीन अंक जोड्न सफल भएको छ । समूह ‘बी’ मा भारत र बंगलादेश बाहेक भुटान रहेको छ ।

यस समूहमा भारत र बंगलादेश बाहेक भुटान रहेको छ । दुवै समूहका शीर्ष दुई टोलीले सेमिफाइनलको यात्रा तय गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?