सबैभन्दा बढी कमाई गर्ने दोस्रो फिल्म बन्यो ‘जवान’, पठानको रेकर्ड तोड्ला ?

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । शाहरुख खान अभनित फिल्म जवान अहिलेसम्म सबैभन्दा बढी कमाइ गर्ने दोस्रो फिल्म बनेको छ । जवानले भारतीय बक्स अफिसमा गदर २ फिल्मको कमाइलाई रेकर्ड ब्रेक गरेको हो । प्रदर्शनको १५ दिनमा जवानले राम्रो आम्दानी गर्न सफल भएको हो । जवानका अगाडी अब एउटा फिल्म छ, जुन हो, शाहरुख खानकै पठान । पठान पनि स्न २०२३ मा सर्वाधिक रुचाइएको र बक्स अफिसमा सबैभन्दा बढी कमाइ गर्ने बलिउड फिल्म हो ।

पठानको कमाईको हिसावले अब जवानले रेकर्ड ब्रेक गर्न धेरै टाढा छैन् । जवानले बिहीबारसम्म १४ दिनमा ९.६ करोड रुपैयाँको ग्रस कलेक्सन गरेको भारतीय सञ्चार माध्यमले बताएका छन् । फिल्मको कुल कमाईका हिसावले हेर्ने हो भने १५ दिनमा ५२६.८८ करोड रुपैयाँ पुगेको अनुमान छ । यसअघि गदर २ ले कुल कमाई ५२१.५३ करोड कमाई गरेको थियो ।

त्यस्तै, यसअघि निकै रुचाइएको र कमाइका हिसावले सबैभन्दा बढी कमाएको शाहरुख खानकै पठानले कुल ५४३.०५ करोड रुपैयाँ आम्दानी गरेको थियो । पठानलाई छिट्टै जवानले उछिन्ने र सबैभन्दा बढी कमाई गर्ने रेकर्ड राख्ने देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?