नक्कली नोटसहित एकजना पक्राउ

हिमालय टाइम्स
Read Time = 1 min

सुनसरी । ईटहरी उपमहानगरपालिका-६ हटिया लाईनबाट १ हजार दरको १६ सय थान नक्कली नोटसहित संखुवासभा पाँचखपन नगरपालिका-५ खमारे बस्ने २५ वर्षीय बिवेक राईलाई  प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरीले उनलाई उक्त नोटसहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?