सरकारमा जान समाजवादी मोर्चा गठन गरिएको होइन : विप्लव

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले सरकारमा रहनका लागि समाजवादी मोर्चा गठन नभएको बताउनुभएको छ ।

सरकारमा जान, मन्त्री खान समाजवादी मोर्चा गठन नभएको उहाँको स्पष्टोक्ति थियो । महासचिव विप्लवले नेपाल विघटन हुन्छ कि भन्ने अवस्थामा पुगेकाले त्यसलाई जोगाउने उद्देश्यका साथ सो मोर्चामा आफूहरुले भाग लिएको पटकपटक दोहोर्याउनु भयो ।

शनिबार काठमाडौंमा आयोजित ‘संविधान, समाजवाद र मानव अधिकार’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले मोर्चाले सबै कम्युनिष्टहरुलाई एउटै मोर्चामा ल्याउने गरी सोच्नुपर्ने आवश्यक्ता समेत औंल्याउनु भयो । महासचिव विप्लवले देशको माया गर्ने, जनताको माया गर्ने सबैले काँग्रेसलाई पनि समाजवादी मोर्चामा ल्याउने आँट गर्नुपर्ने जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘नेपाल विघटन हुन्छ कि भन्ने ठाउँमा पुग्नसक्छ । यो हेक्का राखिराख्नुस् । नेपाल एकदमै नराम्रो ठाउँमा पुगेको छ । यो संवेदना त्यसले मात्रै बुझ्छ, जो कुर्सी, पद र धनको स्वार्थभन्दा माथि उठछ । त्यसले मात्रै बुझ्नसक्छ त्यो । निशर्त दाउमा राखेर लडने मानिसले मात्रै बुझने कुरा हो नि यो । सानासाना पाइला चाल्नेले त्यो कुरा भन्नै सक्दैन । हो यही परिस्थितिलाई समाजवादी मोर्चालाई जायज ठहर्याएको छ । र, यो वस्तुवादी कुरा हो । यो गर्नैपर्छ । त्यो मात्रै होइन सारा कम्युनिष्टहरुलाई एउटै मोर्चामा ल्याउनेगरी सोच्नुपर्छ । हामीले बहस गर्ने आँट गर्नु पर्छ । तिमी साँच्चै देशको सेवा गर्ने हो, जनताको माया गर्ने हो ? ल यसरी भन्ने आँट गर्नु पर्छ । त्यो मात्रै होइन, काँग्रेससँग पनि बहस गर्ने आँट गर्नुपर्छ । ऊ पनि एउटा राजनीतिक क्षेत्र हो नि त । त्यहाँ हामीले बहस गर्नैपर्छ । त्यो गर्नेगरी नै हामी समाजवादी मोर्चामा भाग लिएका हौं । त्यसकारण यो समाजवादी मोर्चाको उद्देश्य के होइन भने सरकारमा, मन्त्रीमा जाने, खाने । यो होइन । नेपालको अगाडि देखा परेको चुनौतिको सामना गर्न गर्ने उद्देश्यले यो समाजवादी मोर्चा खडा गरिएको छ ।’

महासचिव विप्लवले नेपालको संविधान पनि परिवर्तन गर्नुपर्ने बताउनु भयो । जनताको चाहनालाई प्रतिविम्वित नगरेकाले नेपालको संविधान परिवर्तन गर्नुपर्ने उहाँको भनाई थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?