जलविद्युत् अवरुद्ध हुँदा अन्धकारमा बस्न बाध्य

विजय रावत जुम्ला, संवाददाता
Read Time = 3 mins

जुम्ला । जुम्लाको पातारासी गाउँपालिका-४ मा रहेको डिल्लीचौर जलविद्युत् आयोजना अवरुद्धहुँदा यहाँका स्थानीयवासि अन्धकारमा बस्न बाध्य भएकाछन् । विद्युत् नहर पहिरोले भत्काएपछि पुनःनिर्माण नहुँदा स्थानीयबासी अन्धकारमा बस्न बाध्य भएको आयोजना संचालन गर्दै आएको डिल्लीचौर विद्युत् सहकारीका अध्यक्ष कृष्णबहादुर बुढाले जानकारी दिनुभयो ।

२५ मिटर नहर पहिरोले भत्काएको छ । विद्युत् सहकारीका अध्यक्ष बुढाले भन्नुभयो,“ गएको असारमा पहिरो गएपछि नहर चर्किएको थियो । त्यतिबेलादेखि नै नहर मर्मतका लागि गाउँपालिकामा पहल गर्दै आएका थियौँ । ” पहिरो गएको ठाउँमा समयमै मर्मतहुन नसकेपछि यहीँ २४ चैतदेखि पूर्णरुपमा विद्युत सेवा अवरुद्ध भएको विद्युत् सहकारीका अध्यक्ष बुढाको भनाइ छ ।

भत्केको नहर मर्मतका लागि प्राविधिक स्टमेट अनुसार ६ लाख बजेट आवश्यक पर्ने देखिएको छ । पहिरोले भत्काउन थालेको नहर समयमै मर्मत गर्नका लागि गाउँपालिकाले स्थानीय सरकारसँग पहल पनि गरेको हो । सहयोग मिलेन अहिले पूर्णरुपमा विद्युत् अवरुद्धहुँदा पालिकाका ४, ५ र ६ वडाका करिव ८ सय घरधुरी विद्युत् सेवाबाट बञ्चित भएको सहकारीका अध्यक्ष बुढाले बताउनुभयो ।

विद्युत् संचालन नभएपछि पालिका, वडापालिकासहित अन्य सरकारी निकाय, बैंक वित्तीय संस्थासमेतलाई समस्या भएको छ । ५८ किलोवाट विद्युत् उत्पादन भएको डिल्लोचौर विद्युत् आयोजनाको ३८ किलोवाट विद्युत् मात्रै खपत भएको छ । खपत हुनबाँकी विद्युत् राष्ट्रिय प्रसारण लाइनमा विद्युत् प्राधिकरणलाई विक्री गर्ने योजना बनाएको विद्युत् सहकारीले जनाएको छ ।

डिल्लीचौर विद्युत् आयोजनाको नहर मर्मतका लागि पालिकाबाट तीन लाख बजेट विनियोजन भएको छ । तत्काल नहर मर्मतको काम गरेर अवरुद्ध विद्युत् आपूर्ति गर्न पहल भएको पातारासी गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहराले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?