नवलपरासी । नेपाली काङ्ग्रेस पश्चिम नवलपरासीको जिल्ला कार्यसमितिले केन्द्रिय सदस्य देवेन्द्रराज कंडेललाई कारवाहीको माग गरेको छ ।
असोजको ५ गते केन्द्रिय समितीमा कंडेलले दिएकाे अभिव्यक्तिको घोर भर्सना गर्दै जिल्लाले कारवाहीको माग गरेको हो । कंडेलले पार्टी हित बिपरित बोलेको भन्दै केन्द्रिय कार्यसमितिको बैठकको रेकर्डबाट तत्काल हटाउन समिति माग गरेको छ ।
कांग्रेस केन्द्रिय कार्यसमितिको असोज ५ गतेको बैठकमा कंडेलले २ बर्षदेखि जिल्ला कार्यसमितिको बैठकमा सभापति उपस्थित नहुने, कार्यवाहक सभापतिको भरमा पार्टी चलेको, कार्यवाहक सभापतिले पार्टीमा भोट नहालेको, जिल्ला कार्यसमिति पुरै अर्काे दलको कब्जामा रहेको बताउनु भएको थियो ।
यसकाे प्रतिकार स्वरुप जिल्ला कार्यसमितिका सभापति अर्जुन पोखरेलले कंडेलले सधैँ आफू केन्द्रित राजनीति गरेको बताउनु भयो । उहाँले भन्नुभयाे, 'कंडेलजीले २०४८ सालमा पार्टीमा कृष्णचन्द्र नेपालीले टिकट ल्याउँदा अनसन बस्नु भयो । २०६४ सालमा पार्टीका उम्मेदवार देव करण कलवारलाई हराउन हृदयेश त्रीपाठीलाई मत दिनु निर्देशन दिनुभयो, अहिलेको स्थानीय चुनावमा सुनवल नगरपालिका, रामग्राम नगरपालिका र पाल्हिनन्दन गाउँपालिकामा पार्टी उम्मेदवारबिरुद्ध लाग्नु भयो, जिल्ला समन्वय समितिको प्रमुखमा आर्थिक प्रलोभनमा परि पार्टीका आधिकारिक उम्मेदवार हराउन लाग्नुभयो । उहाँकै हैकमवादले सदैव कार्यकर्ताको भावना र पार्टीको हितबिपरित भएको छ ।'
जिल्लामा भातृ संस्थाहरुको गठनका बिषयमा जिल्ला कार्यसमिति सँग कुनै पनि समन्वय नै नगरी सोझै केन्द्रबाट सभापति नियुक्ति गर्ने रबैयाले यस्ताे भएकाे जिल्ला सभापति अर्जुन पोखरेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।
केन्द्रिय बैठकमा कंडेलले जिल्ला अधिबेशनबाट निर्वाचित जिल्ला कार्यसमितिलाई भङ्ग गर्न माग गरेपछि नेपाली काङ्ग्रेस नवलपरासीको विवाद उत्कर्षमा पुगेको छ ।
जिल्लामा सस्थापन पक्षमा केन्द्रिय सदस्य देबेन्द्रराज कंडेल र सस्थापनइतर पक्षमा लुम्बिनी प्रदेश महामन्त्री बिक्रम खनालले नेतृत्व गरेको २ गुट प्रष्ट देखिन्छ । अहिलेको जिल्ला कार्यसमितिमा खनाल पक्ष बलियो छ भने कंडेल पक्ष कमजोर छ ।
अहिलेको जिल्ला कार्यसमितिलाई कंडेलले आफू अनुकुल चलाउन नसकेपछि कार्यसमितिका विरुद्धमा कंडेल लागेको जिल्ला सचिब कुलदिप आचार्यले बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच