राहत शिक्षकहरूको आन्दोलन आज पनि जारी रहने

Read Time = 1 min

काठमाडौं। राहातका शिक्षकहरुको आन्दोलन आज पनि हुने भएको छ ।सरकारसँग शुक्रबार साँझ गरेको सहमति प्रति असन्तुष्ट राहातका शिक्षकहरुको आन्दोलन आज पनि जारी रहने भएको हो ।

शुक्रबार सरकारसँग नेपाल शिक्षक महासंघलगायतले गरेको सहमति प्रति राहातका शिक्षकहरुले भने असहमति प्रकट गरेका छन । अन्य संगठनका शिक्षकहरु काठमाडौं केन्द्रित आन्दोलन गरेर घर फर्के पनि राहातका शिक्षकहरु भने आन्दोलनमा नै रहेका छन् ।

माग पुरा नभएसम्म आन्दोलन जारी रहने नेपाल राहत शिक्षक केन्द्रीय समितिका अध्यक्ष खेमराज अधिकारीले जानकारी दिए । उनका अनुसार शुक्रबार सरकारसँग भएको सहमतिमा ५० हजार भन्दा बढी राहातका शिक्षकहरु असन्तुष्ट रहेका छन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?