गुल्मी । नेकपा (माओवादी केन्द्र) का लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले पार्टीको रुपान्तरण अभियानले पार्टी पुनःनिर्माण अभियानको रुपमा लिएको बताउनुभएको छ ।
आइतबार प्रेस सेन्टर नेपालद्वारा तम्घासमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।
माओवादी केन्द्रमा भएका हरेक गतिविधिलाई जनसमुदायस्तरमा पुर्याउनका लागि रुपान्तरण अभियान चाहिएको उहाँले बताउनुभयो ।
नेतादेखि कार्यकर्तासम्म स्वयं आफैँ पार्टीको अभियानमा खटिएको उल्लेख गर्नुभयो । यो अवधिमा पार्टी सदस्यता नवीकरणको काम भइरहेको उल्लेख गर्दै पार्टीमा आवद्ध संख्या पनि बढेको उहाँले बताउनुभयो ।
माओवादी केन्द्र अरु पार्टी जस्तो नभएको भन्दै सांसद र पार्टीका सबै नेताहरु जनसमुदायसँग नजिक भएर काम गर्ने पार्टी भएको बताउँदै उहाँले माओवादी पार्टीले सबैको पार्टी भएर नयाँ युग निर्माण गर्न लागेको उल्लेख गर्नुभयो ।
अरु पार्टीले जस्तो निर्वाचनको आधार निर्माण गर्ने पार्टी नभएको भन्दै जनताका हरेक काममा सक्रिय सहभागी हुनको लागि रुपान्तरण अभियान ल्याइएको समेत उहाँले बताउनुभयो । अभियानले जनसमुदायमा उत्साह थपको उहाँको भनाइ छ ।
त्यस्तै, उहाँले सरकारको तर्फबाट सुशासनको अभियान सुरु गर्न पनि सुझाव दिएको बताउनुभयो । वर्तमान सरकारले सकारात्मक काम गरिरहेको भन्दै सबै पक्षमा सोच्ने किसिमले सरकारले काम गरेको बताउनुभयो ।
वर्तमान सरकारको अभियान र पार्टीको अभियानसंगै लगिएको उल्लेख गर्दै उहाँले अन्तर्राष्ट्रिय सम्बन्धलाई सन्तुलित मिलाएर लगिएको बताउनुभयो । सबै देशसंग पुरानो सम्बन्धलाई कायम राखी सबै त्यहाँबाट सिक्न जरुरी बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच