काराबाख शरणार्थी अर्मेनिया प्रवेश गर्ने क्रम सुरु

Read Time = 2 mins

कोर्निडजोर, अर्मेनिया । अजरबैजानले पृथकतावादी क्षेत्रविरुद्ध गरेको आक्रमणपछि नागोर्नो–काराबाख शरणार्थीको पहिलो समूह आइतबार अर्मेनियामा प्रवेश गरेको सीमा क्षेत्रमा रहेका एएफपी सम्वाददाताले जनाएका छन् । अर्मेनियाको विदेश मन्त्रालयका अधिकारीले दर्ता गरेको अर्मेनियाली गाउँ कोर्निडजोरमा प्रवेश गर्नुअघि केही मानिसहरूको समूह अजरबैजानका सीमा रक्षकहरूबाट रोकिएको थियो । यस समूहमा मुख्यतया महिला, बालबालिका र वृद्धवृद्धा रहेका थिए ।

शरणका लागि पुगेका भनिएका केही व्यक्तिले जनाए अनुसार उनीहरू सीमा क्षेत्रको इघत्साहोग गाउँबाट आएका थिए भने केहीले लामो दूरीको यात्रा गरेको बताएका थिए । अजरबैजानको आक्रमणले बुधबार विद्रोहीहरूलाई शान्तिका लागि मुद्दा हाल्न र निःशस्त्रीकरण गर्न सहमत नहुञ्जेलसम्म आफू पृथकतावादी प्रतिरोधको हिस्सा रहेको एक व्यक्तिले बताए । ‘हाम्रो परिवारका सदस्य आश्रयस्थलमा थिए’, मेट्स शेन गाउँबाट आएका ३० वर्षीय ती व्यक्तिले आफ्नो नाम नखुलाउने शर्तमा भने । ‘हिजो हामीले आफ्नो राइफल बिसाउनुुपथ्र्यो । त्यसैले हामी हिँड्यौँ’, उनले भने । रासस/एएफपी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?