समृद्धिको बुटवल शाखा स्थानान्तरण

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । समृद्धि फाइनान्स कम्पनीले रूपन्देही जिल्ला बुटवल उपमहानगरपालिका ५ नेपालगञ्ज रोडमा कारोबार गर्दै आएको बुटवल शाखा कार्यालय स्थानान्तरण गरेको छ । बुटवल उपमहानगरपालिका ६ अमरपथमा स्थानान्तरण भई सञ्चालनमा आएको शाखा सोमबार कम्पनीका प्रमुख कार्यकारी अधिकृत टिकानिधि लोहनीले उद्घाटन गर्नुभयो ।

सो अवसरमा बुटवल शाखा कार्यालय प्रमुख विष्णुप्रसाद रिजाल, प्रमुख कार्यकारी अधिकृत, लुम्बिनी साकोसका अध्यक्ष महेश्वरप्रसाद श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?