अब दराज क्यान्डी पनि

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । अब दराज एपका प्रयोगकर्ताले अनलाइन किलमेलसँगै खेल पनि खेल्न पाउने भएका छन् । दराज नेपालले ग्राहकलाई मनोरञ्जन प्रदान गर्दै एपमा थप संलग्न गराउने उद्देश्यले दराज क्यान्डी नामक अनलाइन खेल सार्वजनिक गरेको छ ।

दराज एप प्रयोगकर्ताले सजिलै यो खेल खेल्न सक्नेछन् । यो खेलमा प्रयोगकर्ताले तीन वा त्यसभन्दा धेरै एकै रङका क्यान्डी एकै ठाउँमा मिलाउनुपर्छ । यसरी मिलाएपछि मिलेका क्यान्डी हराउँछन् र माथिका बाँकी क्यान्डी खाली ठाउँमा झर्छन् । यो खेलबाट प्रयोगकर्ताले गेम प्राप्त गर्न सक्छन्, जुन उनीहरूको खेलका आधारमा हरेक दिन उनीहरूलाई प्रदान गरिन्छ । दराज लोयल्टी क्लबका सदस्यहरूले यो गेम प्रयोग गरी दराजका सामानमा विशेष छुट प्राप्त गर्न सक्ने बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?