इन्द्रेगौंडामा ग्लोबलको एक्सटेन्सन काउन्टर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । ग्लोबल आइएमई बैंकले गुल्मीको मुसीकोट नगरपालिका-५ इन्दे्रगौंडा बजारमा ६६औँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । एक्सटेन्सन काउन्टर उद्घाटन मुसीकोट नगरपालिकाका मेयर जीवलाल खरेल जीवनले गर्नुभएको हो । सेवाग्राहीको बढ्दो चाप र विस्तारित बैंकिङ सेवाको आवश्यकतालाई मध्यनजर गर्दै ग्लोबल आइएमई बैंक वामी शाखाको मातहतमा रहने गरी एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ ।

एक्सटेन्सन काउन्टरबाट निक्षेप संकलन गर्ने, नगद भुक्तानी गर्ने, मोबाइल तथा अनलाइन बैंकिङ सेवा दिने, रेमिट्यान्सको सुविधालगायत साधारण बैंकिङ सेवा उपलब्ध हुने बताइएको छ । सोही अवसरमा बैंकले मुसीकोट नगरपालिका ५ वरपरका बासिन्दालाई लक्षित गरी डिजिटल बैंकिङ र रेमिट्यान्ससम्बन्धी वित्तीय साक्षरता कार्यक्रमसमेत आयोजना गरेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?