फ्याक्ट्स नेपालको नयाँ पुस्तक

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । फ्याक्ट्स रिसर्च एण्ड एनालिटिक्स नेपाल (फ्याक्ट्स)ले यस वर्ष पनि आफ्नो वार्षिक पुस्तक ‘फ्याक्ट्स अफ नेपाल २०२३’ प्रकाशन गरेको छ । पुस्तकमा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्रोतबाट विविध तथ्य र जानकारी समावेश छन् ।

२०२३ को वार्षिक पुस्तकमा विभिन्न क्षेत्रबाट डाटा संकलन गरेर तयार गरिएका सूचनात्मक चार्ट (इन्फोग्राफिक्स) पनि समावेश रहेको फ्याक्ट्सले जनाएको छ । पुस्तकमा सामाजिक, आर्थिक र सांस्कृतिक क्षेत्रमा आधारित तथ्यका अन्वेषण र विश्लेषणका साथै २३ राष्ट्रिय र १९ अन्तर्राष्ट्रिय विषय समेटिएका छन् ।

सन् २०१२ मा स्थापना भएदेखि नै अनुसन्धान उद्योगमा सक्रिय फ्याक्ट्स नेपाल सामाजिक मिडिया, सार्वजनिक मिडिया साझेदारी, कार्यक्रम र वार्षिक प्रकाशनमार्फत् आफ्नो डाटा प्रसारको प्रयासमा क्रियाशील रहँदै आएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?