शम्भुनाथ नगरपालिकाका निलम्बित मेयर गुप्ता भ्रष्टाचार मुद्दामा दोषी ठहर

अनिल पोखरेल सप्तरी, संवाददाता
Read Time = 2 mins

सप्तरी । सप्तरीको शम्भुनाथ नगरपालिकाका निलम्बित मेयर जितेन्द्र गुप्ता भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् ।

विशेष अदालतको शुक्रबारको इजलासले गुप्ता सहित दुई जनालाई भ्रष्टाचारी ठहर गरेको छ । अख्तियारको इटहरीस्थित कार्यालयबाट खटिएको टोलीले गत माघ ३ गते इन्जिनियर साहलाई एक लाख ४० हजार रुपैयाँ घूस लिइसकेको भन्दै नियन्त्रणमा लिएको थियो ।

इन्जिनियर साहलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको अख्तियारले नगर प्रमुख गुप्ताको पनि संलग्नता पाएपछि उनी समेतलाई विपक्षी बनाई विशेष अदालतमा आरोपपत्र दायर गरेको थियो ।

विशेष अदालतका न्यायाधीश यमुना भट्टराई, बलभद्र बास्तोला र डा. खुशी प्रसाद थारूको संयुक्त इजलासले उनीहरूलाई दोषी ठहर गरेको हो ।

दोषी ठहर गर्दै दुवैलाई ६ महिना कैद र ७० हजार जरिवाना तोकिएको विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले जानकारी दिनुभयो ।

नगर प्रमुख गुप्ता र नगरपालिकाका इन्जिनियर रामचन्द्र साहबीचको आपसी मिलेमतोमा विद्यालयको सभाहल निर्माणको अन्तिम बिल भुक्तानी प्रयोजनका लागि सेवाग्राहीसँग एक लाख ४० हजार रुपैयाँ घूस लिएको पुष्टि हुन आएकोले नगरप्रमुख गुप्ता र इन्जिनियर साहमाथि विशेष अदालतमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उप दफा ९१० को कसुरमा आरोप पत्र दायर गरिएको अख्तियारले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?