अफगानिस्तानमाथि आयरल्याण्डको लगातार जित

Read Time = 2 mins

काबुल । आयरल्याण्डले अफगानिस्तानमाथि लगातार दोस्रो जित हात पारेको छ । दोस्रो टी-२० अन्तर्राष्ट्रिय खेलमा अफगानिस्तानमाथि आयरल्याण्डले ५ विकेटको जित हात पारेको हो । योसँगै पाँच टी-२० आई खेलको सिरिजमा आयरल्याण्डले लगतार दोस्रो जितका साथ २-० को अग्रता लिएको छ ।

जितका लागि १२३ रनको विजयी लक्ष्य पछ्याएको आयरल्याण्डले १९ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्‍यो । आयरल्याण्डको जितमा कप्तान एन्ड्रियु बलबर्नीले ३६ बलमा ६ चौका र १ छक्कासहित सर्वाधिक ४६ रन बनाउनुभयो । लोर्कन टकरले २७, पउल स्टर्लिङले ४, ह्यारी टेक्टर ५ र जर्ज डोकरेलले २५ रन जोड्नुभयो । अफगानिस्तानका मोहम्मद नाबीले सर्वाधिक दुई विकेट लिनुभयो । राशिद खान भने ४ ओभरमा २७ रन खर्चिँदै लगातार विकेटविहीन बन्नुभयो ।

त्यसअघि सिभिल सर्भिस क्रिकेट क्लबमा टस जितेर पहिला ब्याटिङ रोजेको अफगानिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १२२ रन बनाएको थियो । अफगानिस्तानका हशमतुल्लाह शाहिदीले ४२ बलमा ३ चौकासहित सर्वाधिक ३६ रन बनाउनुभयो । इब्राहिम जद्रान १७, अजमतुल्लाह ओमरजाई ११ र नवीन उल हक १० रनमा आउट हुनुभयो । आयरल्याण्डका जोश लिटिल, मार्क आदिर, कर्टिन क्याम्फर र ग्यारेथ डेलानीले दुई/दुई विकेट लिनुभयो । पहिलो खेलमा आयरल्याण्ड ७ विकेटले पराजित भएको थियो । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?