गुल्मीमा मनाइयो विश्व मुटु दिवस

रमेश विश्वकर्मा गुल्मी, संवाददाता
Read Time = 4 mins
गुल्मी । त्रिदिवसीय रचनात्मक कार्यक्रम गरि गुल्मीमा विश्व मुटु दिवस मनाईएको छ । नेपाल हृदयरोग निवारण प्रतिष्ठान गुल्मी शाखाको आयोजनामा ‘मन लगाउँ आफ्नो मुटु बचाउँ’ भन्ने नाराका साथ त्रिदिवसीय कार्यक्रम गरी विश्व मुटु दिवस मनाईएको हो ।

त्यस अवसरमा रेसुङ्गा नगरपालिका नगरप्रमुख खिलध्वज पन्थीले निरोगी भए मात्र विकास गर्न सकिने बताउनुभयो । उहाँले लापरबाही गर्नाले स्वास्थ्यमा पनि समस्या आउने भएकाले यसतर्फ सजक भएर आफ्नो स्वास्थ्यको ख्याल राख्न पनि आग्रह गर्नुभयो ।

स्वास्थ शिक्षा जस्तो क्षेत्रमा राजनिती गर्न नहुँने भन्दै पछिल्लो समय समृद्धिको बाधक राजनीति बनेको बताउनुभयो । नगरप्रमुख पन्थीले संस्कारयुक्त राजनीति नहुँदा समस्या भएको समेत उल्लेख गर्नुभयो । नगरपालिकाले शिक्षा र स्वास्थलाई नीति र कार्यमको प्राथमिकतामा राखेर काम गरिरहेको बताए ।

प्रतिष्ठानका निवर्तमान अध्यक्ष अखिलेश्वरप्रसाद पाण्डेले पछिल्लो समय बढ्दै गएको नसर्ने रोगमध्येकै मुटु रोगलाई नियन्त्रणमा लिन नसके भयावहको अवस्था आउने बताउनुभयो । भौतिकवादी जीवन शैली र आहारविहारका कारण पिन मुटु लगायतका निसर्ने रोग बढ्दै गएको पाण्डेको भनाइ छ । पूर्विय दर्शन अनुसार योग अभ्यास गरेर स्वस्थ बन्नुपर्ने उल्लेख गर्दै जिल्लालाई योगमय बनाउन आवश्यक रहेको बताउनुभयो ।

त्यस्तै, गुल्मी अस्पतालका मेडिकल अधिकृत डा. हिमाल थापाले सहभागीलाई मुटु स्वास्थ सम्बन्धि जानकारी गराउनुभयो । योग गरौं मुटु बचाउ, मन लगाउ मुटु बचाउ, स्वस्थ मुटु हाम्रो प्राण लगायतका नारा लेखिएको प्लेकार्डसहित पतञ्जली योग समिति, जिल्ला प्रहरी कार्यालय, महेन्द्र माध्यमिक विद्यालय लगायतका संघसंस्थाको उपस्थितमा प्रभातफेरि कार्यक्रम गरिएको हो ।

सन् २००० देखि विश्वभर विभिन्न नाराका साथ विश्व मुटु दिवस मनाउन थालिएको हो । हरेक वर्ष विविध कार्यक्रम गरेर नेपालमा पनि मुटुरोग सम्बन्धी सचेतना, प्रशिक्षण, स्वास्थ्य शिविर, रत्तदान र्‍याली मञ्चको कार्यक्रम गरी नेपाल हृदयरोग निवारण प्रतिष्ठान केन्द्र र जिल्लामा पनि रहेका शाखा प्रतिष्ठानहरुले प्रत्येक वर्ष मनाउँदै आएका छन् । संस्थाका सभापति शेर बहादुर थापाको अध्यक्षता रहेको कार्यक्रमको सञ्चालन विनोद पाण्डेले गर्नुभएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?