उपराष्ट्रपति दिन प्रधानमन्त्री सकारात्मक हुनुहुन्छ : उपेन्द्र यादव

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री प्रचण्ड आफूहरुलाई उपराष्ट्रपति दिने विषयमा सकारात्मक रहेको बताउनु भएको छ ।

बिहीबार माओवादी केन्द्रका नेताहरुसँगको भेटपछि पत्रकारहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनु भएको हो । ‘जसपालाई उपराष्ट्रपति दिने कुरामा उहाँहरु सकारात्मक हुनुहुन्छ ।’ उहाँले भन्नुभयो ।

माओवादी संसदीय दलको कार्यालयमा भएको छलफलमा उहाँहरुसहित माओवादीबाट नारायणकाजी श्रेष्ठ र जसपाबाट राजेन्द्र श्रेष्ठ सहभागी हुनुहुन्थ्यो ।

राष्ट्रपतिमा कांग्रेस, नेकपा एस र एमालेको दाबी रहेको बताउँदै अहिले कांग्रेसलाई पनि समेटेर जानुपर्छ भन्ने पक्षमा प्रचण्ड रहेको उहाँले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *