नेपेक्स अध्यक्षमा आचार्य

Read Time = 1 min

काठमाडौं । विद्युत् व्यापारका लागि निजी क्षेत्रले स्थापना गरेको नेपाल पावर एक्सचेञ्ज (नेपेक्स) को अध्यक्षमा कृष्ण आचार्य चयन हुनुभएको छ । कम्पनी सञ्चालक समिति बैठकले आचार्यलाई चयन गरेको हो । नेपेक्स स्थापना हुँदा अध्यक्षमा शैलेन्द्र गुरागाईं हुनुहुन्थ्यो ।

नेपेक्सको प्रबन्धक सञ्चालकमा आसिक गर्ग र उत्तरकुमार श्रेष्ठ, सञ्चालक समितिमा उत्तम ब्लोन लामा, शैलेन्द्र गुरागाईं, मोहन डाँगी रहेको नेपेक्सले जनाएको छ । नवनिर्वाचित अध्यक्ष आचार्य स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इपान) का अध्यक्ष हुनुहुन्छ ।

कम्पनीले भारतीय कम्पनीसँग विद्युत् व्यापारको सम्झौता गरिसकेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले निजी क्षेत्रलाई पनि विद्युत् व्यापारको अनुमतिको तयारी गरेको भए पनि कार्यान्वयनमा भने आइसकेको छैन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?