अन्तर्राष्ट्रिय संस्थाहरूलाई सेवामुखी बनाउ

हिमालय टाइम्स
Read Time = 3 mins

✍️ निरञ्जन मैनाली

आजभन्दा चार सय वर्षअघिदेखि मानव सेवाको विकास विभिन्न संघसंस्थाका व्यक्तिले दिने दानबाट चन्दा संकलन कार्यको थालनी भएको इतिहास छ । यो दान धार्मिक कार्यका लागि भनेर केही व्यक्तिहरूले दिन सुरु गरेपछि अन्य व्यक्तिले पनि अनुशरण गर्न थालेका हुन् । धर्मकै नाममा सामाजिक कार्य अंगाल्दै आएको पाइन्छ । तत्पश्चात् विभिन्न मुलुकमा पनि प्रचार हुँदै गयो । जुन व्यक्ति समाजप्रति तन, मन र धनले मानवसेवामा समर्पित हुन्छन् त्यही व्यक्तिले समाजमा देखाएको भक्तिभाव मानवसेवा हुन्छन् ।

सामाजिक कार्य गर्ने व्यक्ति स्वार्थरहित भएको हुनुपर्दछ र समाजसेवीका लागि ठूलो हृदय भएको भनेर परिभाषित गरिएको छ । हाम्रो नेपालमा बहुदलीय व्यवस्थापश्चात् सम्पूर्ण राजनीतिक अधिकारहरू संस्थागत भई संघसंस्थाहरू खुल्न थालेपछि यो तीस वर्षको अन्तरालमा राजनीतिक दलहरूले संघसंस्था र अन्तर्राष्ट्रिय संस्थालाई हस्तक्षेप गर्दै आइरहेका छन् । राजनीतिको आडमा केही संस्थाहरूले समाजसेवाको नाममा ब्रहृमलुट भइरहेका विभिन्न समाचार सार्वजनिक भइरहेको पाइन्छ ।

धेरै देशहरूमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूले सामाजिक विकासका लागि श्रोत केन्द्र स्थापना भएसकेका छन् । तर नेपालमा त्यसरी अन्तर्राष्ट्रिय संस्थाहरूबाट प्राप्त हुने सहयोग नपाउनु दुःखद् हो । त्यस्तो हासिल हुने सहयोग कसरी परिचालन गर्न सकिन्छ भन्ने कुरा विशेष महत्वपूर्ण हुन्छ । समाज कल्याण ऐन अनुसार अन्तर्राष्ट्रियसम्बन्धी मन्त्रालयबाट समन्वय गरेर क्रियाशील भूमिका बनाउन जरुरी छ । फेरि समाज सेवाका नाममा हाम्रो धर्म संस्कृतिमाथि प्रहार पनि विभिन्न अन्तर्राष्ट्रिय क्षेत्रबाट भइरहेको पाइन्छ । उनीहरूको स्वार्थका लागि समाजसेवाको मुखुण्डो लगाएर आएका हुन्छन् यसबाट सचेत हुन तपाईं हामी सबै जरुरी छ । हाम्रो धर्म संस्कार संस्कृतिको रक्षा गर्नु सबैको कर्तव्य हो ।

बारा, हाल काठमाडौं । niranjanmainali1@gmail.com

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?