काष्ठमण्डप विद्यालय क्वाटरफाइनलमा

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । काष्ठमण्डप विद्यालयको बिसौँ वार्षिकोत्सवको उपलक्ष्यमा आयोजना गरिएको जुनियर छात्र तथा सिनियर छात्र गरी दुई वर्गमा विभाजन गरेर चार/चार समूहमा विभाजन गरिएको जुनियरतर्फ १६ टोली र सिनियरतर्फ १२ टोलीबीच भएको समूह चरणको ‘सिक्स ए साइड’ फुटसलका खेलहरू सम्पन्न भएका छन् ।

जसमा जुनियरतर्फको समूह ‘ए’ बाट काष्ठमण्डप विद्यालय ‘बी’ समूह विजेता र चाँदवाग स्कुल उपविजेता बन्दै क्वाटरफाइनल प्रवेश गरेका छन् । समूह ‘बी’ बाट मिल्सवेरी स्कुल विजेता र रातोबंगला उपविजेता बनेर दोस्रो चरणमा प्रवेश गरेका छन् । त्यस्तै, गरेर समूह ‘सी’ बाट चेल्सी स्कुल समूह विजेता र रिब्स ‘बी’ उपविजेता बन्दै दोस्रो चरण प्रवेश गरेका छन् । समूह ‘डी’ बाट काष्ठमण्डप ‘ए’ समूह विजेता र स्वस्तिश्री गुरुकुल उपविजेता बन्दै दोस्रो (क्वाटरफाइनल) चरणमा प्रवेश गरेका छन् ।

सिनियरतर्फको ‘सिक्स ए साइड’ फुटसलमा एउटा समूहमा तीन टोलीमध्ये काष्ठमण्डप ‘ए’ समूह विजेता एवं रिब्स उपविजेता, समूह ‘बी’ बाट वेन्डिहाउस विजेता एवं मिल्सवेरी स्कुल उपविजेता, समूह ‘सी’ बाट नेबरहुड स्कुल विजेता एवं स्वस्तिश्री गुरुकुल उपविजेता र समूह ‘डी’ बाट राजश्री गुरुकुल विजेता एवं एक्सेल्सर स्कुल उपविजेता बन्दै क्वाटरफाइनल प्रवेश गरेको काष्ठमण्डपका फुटबल प्रशिक्षक सन्तोष न्यौपानेले जानकारी दिनुभयो ।

सिनियर छात्र र सिनियर छात्रा गरी खेलाइएको बास्केटबल प्रतियोगितामा सिनियर छात्रतर्फको समूह ‘ए’ बाट टिआइए विजेता एवं डिभिए स्कुल उपविजेता, समूह ‘बी’ बाट द सेलिबेरेसन विजेता एवं विल्सन एकेडेमी उपविजेता, समूह ‘सी’ बाट राजसी गुरुकुल विजेता एवं वेन्डिहाउस स्कुल उपविजेता र समूह ‘डी’ बाट द चाँदवाग स्कुल विजेता एवं मातृभूमि उपविजेता बन्दै दोस्रो चरण (क्वाटरफाइनल) प्रवेश गरेका छन् ।

त्यस्तै गरी छात्रातर्फको समूह ‘ए’ बाट काष्ठमण्डप ‘ए’ विजेता एवं मातृभूमि उपविजेता, समूह ‘बी’ बाट जोनडेभी एवं द एक्सेलसर, समूह ‘सी’ बाट एनसिसिएस विजेता एव विल्सन एकेडेमी उपविजेता र समूह ‘डी’ बाट संस्कृति स्कुल विजेता एवं रिब्स उपविजेता बन्दै दोस्रो चरण (क्वाटरफाइनल) मा प्रवेश गरेको काष्ठमण्डपका बास्केटबल प्रशिक्षक निशान छन्त्यालले जानकारी दिनुभयो ।

क्वाटरफाइनलका खेलहरू आज (सोमबार)देखि सुरु हुने र प्रतियोगिता बुधबारसम्म सञ्चालन हुने काष्ठमण्डप विद्यालयका पिई डिपार्टमेन्ट प्रमुख सुन्दर बुढाथोकीले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?