एमाले कोशी प्रदेशको अध्यक्षमा घनश्याम खतिवडा निर्वाचित, भन्छन,‘हामीसँगै सहयात्रा गर्नेछौं’

हिमालय टाइम्स
Read Time = 2 mins

बिराटनगर । नेकपा एमाले कोशी प्रदेशको अध्यक्षमा घनश्याम खतिवडा निर्वाचित हुनुभएको छ । मतपरिणामअनुसार उहाँले पाँच सय १२ मत प्राप्त गर्नुभएको छ । उहाँका प्रतिस्पर्धी एमाले नेता विनोद ढकालले चार सय ३० मत प्राप्त गर्नुभएको थियो ।

यस्तै सचिवमा राजकुमार भण्डारी र उपसचिवद्वयमा जलवर्र्षा राजवंशी र देवान राई निर्वाचित हुनुभएको छ । उपाध्यक्षमा टीकाराम चेम्जोङ यसअघि नै निर्विरोध निर्वाचित हुनुभएको थियो । अन्य सदस्यको मतगणना जारी रहेको निर्वाचन कमिटीले जनाएको छ । प्रतिस्पर्धी बिनोद ढकालको तस्विर राख्दै खतिवडाले आफुहरु कहिल्यै फरक नभएको पनि जनाउनुभएको छ । उहाँले सँगै पार्टीलाई हाँक्ने पनि उल्लेख गर्नुभएको छ ।

‘हामी कहिले फरक थिएनौ र फरक हैनौ पनि, मात्रै पार्टी भित्रको आन्तरिक लोकतन्त्रको अभ्यासमा भाग लिएका हौ,’ उाँहले सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘फेरी पनि जबजको मार्गदर्शनमा समाजबादको यात्रामा जनता ,जनजीविका , राष्ट्रिय एकता र राष्ट्रिय स्वाभिमानका लागी ‘समृद्ध नेपाल सुखी नेपाली’ को पार्टीले लिएको मुल मन्त्र बोकेर हामी सङ्सङै सहयात्रा गर्ने छौ ।’ उहाँले सबै मतदाताहरुलाई हार्दिक आभार व्यक्तसमेत गर्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?