न्युरोडमा आफ्नै भवन बनाउँदै हिमालयन

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । हिमालयन बैंकले काठमाडौंको न्युरोडस्थित जग्गामा भवन निर्माणका लागि शिलान्यास गरेको छ । बंैकका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठले भवन शिलान्यास गर्दै देशका विभिन्न प्रमुख शहर इटहरी, वीरगञ्ज, भैरहवाबाट पनि आफ्नै भवनबाट सेवा प्रदान गर्दै आएको बताउनुभयो ।

काठमाडौंको दरबारमार्गमा पनि भवन निर्माण अन्तिम चरणमा पुगेको बैंकले जनाएको छ । बैंकले भरतपुर र नेपालगञ्जमा पनि निकट भविष्यमै भवन निर्माण सुरु गर्ने जनाएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर राणाले भवन निर्माणपछि बैंकले आफ्नै भवनबाट विशेष तथा परिष्कृत बैंकिङ सेवा-सुविधा प्रदान गर्ने उद्देश्य राखेको बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?