थाइल्याण्डको मलमा अन्धाधुन्ध गोली चलाउने १४ बर्षीया किशोर पक्राउ

हिमालय टाइम्स
Read Time = 2 mins

बैंकक । राजधानी सहरको मध्यभागमा रहेको लक्जरी सपिङ मलमा भएको गोलीकाण्डमा दुई जनाको मृत्यु भएको छ ।

सो हत्याकाण्डमा परी थप पाँच जना घाइते भएपछि एक १४ वर्षीय बालकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

गोलीबारी सहरको सबैभन्दा प्रसिद्ध किनमेल केन्द्रहरू मध्ये एक सियाम प्यारागनमा भएको थियो। यसरी मारिनेहरू चीन र म्यानमारका नागरिक थिए, थाइल्याण्डका प्रहरी प्रमुखले भने ।

पक्राउ परेका संदिग्ध जसको मनसाय अस्पष्ट देखिएको छ । सो गोली काण्ड पछि प्रहरी अधिकारीहरु समक्ष आत्मसमर्पण गरेका थिए, जतिखेर उनको हातमा एक ह्यान्डगन थियो, प्रहरीले भने।

सो घटनामा घाइते भएका अन्य पाँच जनामा एक लाओस, एक चिनियाँ र तीन थाई नागरिक घाइते भएका थिए । मारिनेमा एक जना चिनियाँ र अर्को मलमा काम गर्ने बर्मेली रहेको राष्ट्रिय प्रहरी प्रमुख तोर्साक सुकभिमोलले पत्रकार सम्मेलनमा बताए ।

सिसिटिभी फुटेजमा सियाम प्यारागन मल भित्र पसलहरू बाहिर निस्कन दौडिरहेको देखिएको देखिएको छ, जब उनीहरूले धेरै गोली चलेको सुनेका थिए भने कोलाहल भागदौड मच्चिएको थियो ।

स्थानीय समय अनुसार साँझ ५ः१० बजे पुलिस घटनास्थलमा आइपुग्दा र आक्रमणकारीलाई निशस्त्र गर्न सक्षम हुँदा त्यतिबेलासम्म धेरै मानिसहरूलाई चोट लागिसकेको थियो। बैंककको यस भीडभाड भागबाट एम्बुलेन्सहरू निकाल्न पनि एक घण्टा भन्दा बढी समय लागेको थियो, ट्राफिक छिचोल्दै पीडितहरूलाई अस्पताल पुर्‍याएको थियो ।

आरोपित किशोरलाई पाथुमवन प्रहरी चौकीमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?