काठमाडौं । जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालय लमही, दाङका इन्जिनियर रामबहादुर रानाभाटविरुद्ध गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।
२०४६ साल असार ३० गते सरकारी सेवा प्रवेश गरेका रानाभाटले २०७९ साल कात्तिक ६ गतेसम्म ३ करोड १५ लाख ८१ हजार ०६६ रुपैयाँ ८० पैसा भ्रष्टाचार गरेको अख्तियारले दाबी गरेको छ ।
अख्तियारले सो रकम बराबरको सम्पत्तिको स्रोत नखुलेको भन्दै मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता भोला दाहालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
रानाभाट र उनको परिवारले अमिल्दो र अस्वाभाविक जीवनस्तर यापन गरेको, आफ्नो हैसियतभन्दा बढी रकम बराबरको आफ्नो र परिवारको नाममा शेयररजग्गा खरिद गरेकाे, अध्ययन खर्च, घर निर्माण तथा विभिन्न बैंक तथा वित्तीय संस्थाहरुमा रकम जम्मा गरेको देखिएको अख्तियारले जनाएको छ ।
अख्तियारले रामबहादुरविरुद्ध ३ करोड १५ लाख ८१ हजार ०६६ रुपैयाँ ८० पैसा बिगो दाबी गरी मुद्दा दायर गरेको छ भने श्रीमती राधा रानाभाटविरुद्ध बिगो दाबी गरिएको छैन ।
हेर्नुहोस् विज्ञप्ति
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच