क्षयरोगका विरामी पत्ता लगाउन खकार ढुवानी सेवाको प्रभावकारिता

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 6 mins

रुपन्देही । लुम्बिनी प्रदेशमा क्षयरोग अर्थात टीबीका विरामीहरू पत्ता लगाउनको लागि खकार ढुवानी सेवाको प्रभावकारिता देखिएको छ ।

प्रदेशका गाउँ गाउँमा रहेका संभावित क्षयरोगका मानिसहरु आफै सहज रूपमा निदान केन्द्र अर्थात प्रयोगशाला सम्म पुग्न सक्ने अवस्था अहिले पनि छैन  र सवै स्वास्थ्य संस्थाहरुमा क्षयरोगको गुणस्तर जाँचको सुविधा उपलब्ध छैन ।

विश्व स्वास्थ्य संगठनका अनुसार उपलब्ध भए सम्म क्षयरोगको संभावित विरामीहरुको जाँच जिन एक्सपर्ट मेसिनमा गर्न सिफारिश गरेको छ जसबाट खकारमा क्याफ्टेरियाको मात्रा तुलनात्मक रुपमा कम भए पनि क्षयरोगको निदान गर्दछ ।

क्षयरोगको औषधी (Rifampicin ) को पनि प्रतिरोध (Resistant) छ की छैन भनेर निर्धारण गर्दछ तर प्रदेशमा हाल १८ वटा साइटमा मात्र जिन एक्सपर्ट निदान सेवा छ र महंगो प्रविधि भएको कारणले स्थानीय तह सम्म यसको व्यवस्थान गर्न सकिएको छैन । यो सन्दर्भलाई ध्यानमा राखी खकार ढुवानी सेवाको सुरुवात भएको हो ।

ग्लोवल फण्ड कार्यक्रम अन्र्तगत सेभ द चिल्ड्रेनको सहयोगमा स्थानीय गैरसरकारी संस्था किट्सबाट लुम्बिनी प्रदेशका ९ वटा जिल्लाका ६८ पालीकाहरूमा यो सेवा जारी रहेको छ । यस सेवा अन्र्तगत स्वास्थ्य संस्थाको ओपिडीमा आएका विरामीहरूमा स्वास्थ्यकर्मीले संभावित क्षयरोगको पहिचान गरि स्थलगत रुपमा खकार संकलन गरिन्छ र साप्ताहिक वा आवश्यकता अनुसार संस्थाका तोकिएका कर्मचारीहरुले जिन एक्सपर्ट केन्द्र वा गुणस्तर माईक्रोष्कप केन्द्रहरुमा निदानका लगि खकार ढुवानी गर्दछन् ।

क्षयरोगको निदान भएमा तुरुन्त सम्बन्धित विरामी र उपचार केन्द्रलाई उपचारको लागि खबर गरिन्छ जसबाट विरामी उपचारबाट हराउने सम्भावना कम हुन्छ । किड्सका अनुसार आ.ब. ०७९÷८० मा लुम्विनी प्रदेशका ९ वटा जिल्लाका स्वास्थ्य संस्थाहरुबाट २०,७०३ संभावित क्षयरोगका विरामीहरुको खकार ढुवानी भएको छ जसबाट १४५७ क्षयरोगका विरामीहरु पत्ता लागेका छन् ।

यो संख्या उक्त सेवा भएका जिल्लामा पत्ता लागेका जम्मा फोक्सोका क्षयरोगका विरामीहरुको ३५ प्रतिशत योगदान हो ।यसरी गाउँ गाउँबाट संकलन गरिएको खकार परीक्षणबाट निदानमा सहजै आउन नचाहने र हराउन सक्ने व्यक्तिहरू सहजै पहिचान गरि निशुल्क उपचार सेवामा ल्याउनुमा यो सेवाले निकै सहयोग गरेको र नयाँ क्षयरोग पत्ता लाग्ने दरमा बढोत्तरी आएको सेभ द चिल्ड्रेन बुटवलका बरिष्ठ कार्यक्रम व्यवस्थापक मिम बहादुर सिंह बताउनु हुन्छ।

उहाँका अनुसार पहिलाको तुलानामा स्वास्थ्य संस्थाहरुमा संभावित क्षयरोग भएका व्यक्तिहरुको पहिचान गर्ने, उपयुक्त परामर्श गर्ने, निदानका लागि पठाउने र निदान भएका विरामीहरुको उपचार व्यवस्थापन गर्ने प्रक्रिया व्यवस्थित र नियमित भएको छ जुन विरामी केन्द्रीत सेवा दिने एउटा अभ्यास हो । अझै यो सेवालाई प्रभावकारी रुपमा सञ्चालन गर्न क्षयरोगलाई एकिकृत र बहुपक्षीय ढाँचाको साथै क्षयरोगको पहिचानमा समुदायको सहभागिता बढाउनु पर्ने सिंहको भनाई छ।

लुम्बिनी प्रदेशमा यसरी गाउँ गाउँबाट परिक्षणको नतिजा घर घरमा नै उपलब्ध भएपछि क्षयरोगको उपचारको लागि समेत सहज भएको बताइएको छ । सुरुवातमा पत्ता लगाउन नै समस्या भएको बेलामा पत्ता लागे पछि उपचारको लागि सहज हुने गरेको छ ।

सरकारले राष्ट्रिय क्षयरोग कार्यक्रम अन्र्तगत व्यवस्थापन गरेका जिन एक्सपर्टबाट यसको परिक्षण हुँदै आएको छ । एउटा परिक्षण गरेको एक्स्पोले ५० रूपैयाँ पाउने व्यवस्था समेत गरिएको छ । जसबाट जिन एक्सपर्ट सेवा भएका अस्पतालहरुमा क्षयरोगको शंका लागेका विरामीहरूको विषयमा ओपीडीमा रहेका चिकित्सकहरूले खकार परिक्षणको लागि सम्बन्धित प्रयोगशालामा सिफारिस समेत गर्दै आएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?