हारपछि मन दुख्छ, सर्वसम्मत नेतृत्व चयनका लागि मिलेर अगाडि बढ्नुहोस् : ओली

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले उपत्यका विशेष प्रथम अधिवेशनमा सर्वसम्मत नेतृत्व चयनका लागि आग्रह गर्नुभएको छ ।

अघिका प्रदेश अधिवेशनलाई लिएर विपक्षीहरूले टीकाटिप्पणी गर्ने अवसर पाएको भन्दै अध्यक्ष ओलीले सर्वसम्मतीको प्रयास गरेर अगाडि बढ्न आग्रह गर्नुभएको हो ।

आज अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै ओलीले प्रतिस्पर्धामा गएपछि एउटाको जित र अर्कोको हार हुँदा हार्नेको मन दुख्ने बताउनु भयो। मन नदुखाउनका लागि सर्वसम्मत नेतृत्व चयननै उत्तम विकल्प रहेको उहाँको भनाई छ।

‘यहाँ प्रतिस्पर्धा जितेर पनि के–के न ठूलो कुरा पाइने होइन। सबैले जित्ने पनि होइन, एउटाले जित्छ, अर्कोले हार्छ। हारेपछि मन दुख्छ,’ उहाँले भन्नुभयो। सहमति कसैको मन नदुख्ने उहाँको भनाइ थियो।
'मन नदुखाई अगाडि बढ्ने काम सबैभन्दा राम्रो हो नि त । किन मन दुखाउने ?,’ उहाँले भन्नुभयो।

यस विभिन्न प्रदेशमा सम्पन्न भएको अधिवेशनमा पनि सकभर सहमतिको प्रयास र कुरा मिलेन भने स्वस्थ प्रतिस्पर्धा गर्नुस् भन्दो विपक्षी र मिडियाहरुले गलत टीकाटिप्पणी गरेको उहाँले बताउनु भयो।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?