शिक्षामा लगानी बढाउँदै लैजानुपर्छ भन्ने कुरामा सरकार प्रष्ट छ : शिक्षामन्त्री राई

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले शिक्षामा लगानी बढाउँदै जानुपर्छ भन्ने कुरामा सरकार प्रष्ट रहेको बताउनुभएको छ ।

आगामी वर्षहरुमा अर्थतन्त्रको प्रगतिसँगसँगै शिक्षामा बजेट बढाएर राख्ने मन्त्री राईको भनाई थियो । आईतवार प्रतिनिधि सभा बैठकमा विद्यालय शिक्षा विधेयक–२०८० माथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा उहाँले मुलुकको अर्थतन्त्रको बढोत्तरी नभएसम्म भने कुनैपनि क्षेत्रमा लगानी वृद्धि गर्न सकिने अवस्था नरहने स्पष्ट पार्नुभयो ।

मन्त्री राईले भन्नुभयो, ‘हाम्रो अर्थतन्त्रले धानेसम्म शिक्षामा लगानी बढाउँदै जानुपर्छ भन्ने कुरामा सरकार पनि प्रष्टै छ । यस पाली कुल बजेटको ११ दशमलव २७ प्रतिशत लगानी रहेको छ भने आउने वर्षहरुमा त्यो भन्दा अर्थतन्त्रको प्रगतिसँगसँगै त्यो भन्दा बढि बजेट बढाएर राख्न सकिने कुरा पनि म निवेदन गर्न चाहन्छु । तर सबै चीजको निर्णायक विषय चाँही के हो भने अर्थतन्त्रमा बढोत्तरी हुनु प¥यो । अर्थतन्त्रमा प्रगति हुनुप¥यो । उद्योगधन्दा खुल्नु प¥यो । बन्दव्यापार फुल्नु, फल्नु प¥यो । कृषि उपजमा प्रगति हुनु प¥यो । यो सबै कुराको सामरिक असर शिक्षामा पनि पर्नेकुरा म यहाँहरुलाई निवेदन गर्न चाहन्छु । ’

मन्त्री राईले विज्ञहरुसँग थप छलफल गरेर सो विधेयकलाई समृद्ध बनाउन पनि सरकार तयार रहेको बताउनु भयो । उहाँले सरकारले शिक्षक, विद्यार्थी र अभिभावकको जायज मागलाई सम्बोधन गरेर नै सो विधेयकलाई अघि बढाउने पटकपटक दोहो¥याउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?