कांग्रेसमा २२ विभाग थप्ने महामन्त्री थापाको प्रस्ताव

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपाली कांग्रेसको कन्द्रीय कार्यसमितिको बैठक मंगलबारबाट सुरु भएको छ । सानेपास्थित केन्द्रीय कार्यालयमा बैठक सुरु भएको हो ।

पहिलोपटक फेसबुकमार्फत् प्रत्यक्ष प्रसारण गरेर सुरु गरिएको बैठकमा महामन्त्री गगन थापाले २२ नयाँ विभाग थप गर्ने प्रस्ताव गर्नुभएको छ । उक्त प्रस्ताव पारित भएमा कांग्रेसमा ७० वटा विभाग हुनेछ ।

बैठकमा महामन्त्री थापाले गरेको नयाँ प्रस्तावित विभागहरुमा न्याय तथा मानवअधिकार विभाग, नवीनतम प्रविधि र नवप्रवर्तन समन्वय विभाग, सामाजिक–सांस्कृतिक अभियान विभाग, विकास तथा पूर्वाधार विभाग, सुशासन विभाग, सहकारी विभाग, उद्यमशीलता र साना तथा मझौला व्यवसायी विभाग विकास विभाग, विपद् व्यवस्थापन विभाग, ऊर्जा तथा जलस्रोत विभाग, युवा तथा किशोर–किशोरी विभाग, भूपू प्रहरी विभाग, ज्येष्ठ नागरिक समन्वय विभाग, जलवायु परिवर्तन र वातावरणी सन्तुलन सरोकार विभाग र पूर्वआप्रवासी समन्वय विभाग रहेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?