गण्डकी प्रदेश राष्ट्रिय भलिबलको फाइनलमा

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । गण्डकी प्रदेश भलिबल संघ काठमाडौंमा जारी वीरजङ स्मृति खुला पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । नयाँ बसपार्कस्थित ढोरपाटन भलिबल प्रशिक्षण केन्द्रमा आइतबार भएको खेलमा विभागीय टोली नेपाल एपिएफ क्लबलाई तीन-एकको सेटमा हराउँदै गण्डकीले फाइनल यात्रा तय गरेको हो ।

पहिलो सेट २७-२९ ले गुमाएको गण्डकीले त्यसपछिका तीनै सेट आफ्नो पक्षमा पार्‍यो । गण्डकीले दोस्रो सेट २५-२३ ले जित्दै खेललाई एक-एक को बराबरीमा ल्यायो । तेस्रो सेट पनि २५-१४ ले र चौथो सेट २६-२४ ले जित्यो ।

अब गण्डकीले उपाधिका लागि सोमबार नेपाल पुलिस क्लब र धौलागिरि रेष्टुरेन्ट ओसाका जापानबीचको विजेतासँग खेल्नेछ । यी दुई टोलीबीचको दोस्रो सेमिफाइनल हुँदैछ ।

नेपाल गणतान्त्रिक खेलकुद महासंघको आयोजनामा १८ असोजदेखि सुरु भएको प्रतियोगितामा नौ टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले पाँच लाख रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । दोस्रो हुनेले दुई लाख ५० हजार, तेस्रोले एक लाख र चौथो हुनेले ५० हजार रुपैयाँ प्राप्त गर्नेछ ।

सर्वाेत्कृष्ट खेलाडीलाई २० हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ । व्यक्तिगत विधातर्फ स्पाइकर, ब्लकर, सेटर, सर्भर, डिफेन्डर र क्विकरलाई समान पाँच हजार रुपैयाँ प्रदान गरिनेछ । प्रतियोगिताको अनुमानित लागत २५ लाख रुपैयाँ रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?