काठमाडौं-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतम निर्वाचित

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतम निर्वाचित हुनुभएको छ । घन्टी चुनाव चिह्न हुनुभएकी २७ वर्षीया गौतम आफ्ना निकट प्रतिस्पर्धीलाई साढे तीन हजारभन्दा बढी मतले हराउँदै विजयी हुनुभएको हो ।

निर्वाचन आयोगले दिएको पछिल्लो मत परिणामअनुसार गौतमले १५ हजार २२९ मत पाउनुभएको छ । उहाँका निकट प्रतिस्पर्धी नेकपा एमालेका मणिराम फुयालले ११ हजार ५५५ मत प्राप्त गर्नुभयो ।

उहाँहरूको मतान्तर ३ हजार ६७४ रहेको छ । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीकी कुन्तीदेवी पोखरेल तेस्रो हुनुभएको छ । उहाँले ११ हजार ४१४ मत ल्याउनुभएको छ ।

गठबन्धनबाट माओवादी केन्द्रकी उम्मेदवार ओनसरी घर्तीले ९ हजार ४४८ मत ल्याउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?