देवी पराजुलीको ‘कहिले म जितमा रोए’

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । गीतकार देवी पराजुलीको नयाँ गीत ‘कहिले म जितमा रोए’ सार्वजनिक भएको छ । अञ्जु पन्तको स्वर, ज्योति प्रकाशको संगीत रहेको गीतको भिडियोे देवी पराजुली युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो ।

युवराज वाइवाको निर्देशन रहेको भिडियोमा अर्जुन रत्न भिखारी र देवी पराजुलीको मूख्य अभिनय छ भने अतिथि कलाकारमा इष्टु कार्की र भगवान् भण्डारी रहनुभएको छ ।

गीतमा अझै पनि गाउँ समाजमा रहेको छोराछोरीप्रतिको विभेदलाई देखाउन खोजिएको छ । गीतकार पराजुलीका दर्जनांै गीत बजारमा आएका छ्न । उहाँ निजामती कर्मचारीसमेत हुनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?