भोजपुर । आगलागी पीडित रामप्रसाद राईको परिवारलाई संस्कृति, पर्यटन तथा नागरिक उडयन मन्त्री सुदन किरातीबाट उपलब्ध खाद्यन्न लगायतका सामाग्रीहरु सहयोग गरिएको छ ।
भोजपुरको दक्षिण हतुवागढी गाउँपालिका वडा नम्वर ६, होम्ताङका राईको परिवारलाई मन्त्री किरातीले १० बोरा चामल लगायतका सामाग्रीहरु सहयोग गर्नु भएको हो ।
हतुवागढी गाउँपालिका उपाध्यक्ष सुनिता किराती सहितको टोलीले पीडित परिवारलाई मन्त्री किरातीबाट उपलब्ध सामाग्री हस्तान्तरण गर्नु भएको छ । पिडित परिवारलाई गाउँपालिकाको बिपद ब्यवस्थापन समितिले पनि नगद तथा खाद्यन्न सहयोग गरेको थियो ।
पिडित परिवारलाई उपलब्ध गराईएको सामाग्रीले केही राहत मिल्ने गाउँपालिका उपाध्यक्ष किरातीले बताउनुभयो । उहाँले भन्नुभयो, “यो दुखत घटनामा सहयोग गर्नु हुने पर्यटन मन्त्री लगायत सवै पक्षलाई गाउँपालिकाको तर्फबाट धन्यवाद छ ।” आगोलागीबाट तीन लाख आठ हजार बढीको क्षति भएको छ ।
ढुंगा, माटो र फुसको छानो भएको दुई तले कच्ची घरमा चुलोबाट आगो सल्किएर घटना भएको प्रहरीले जनाएको छ । राईको घरमा सोमवार बिहान साढे तीन बजे तिर आगोलागी हुुदाँ घर र भित्र भएका सामानहरु पूर्णरुपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका सुचना अधिकारी प्रहरी निरीक्षक दल कुमार राईले जानकारी दिनुभयो ।
प्रहरीका अनुसार आगोलागीबाट करिव तीन लाख आठ हजार पाँच सय रुपैया बरावरको क्षति भएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच