सामाजिक सञ्जालबाट विद्यालय बन्दको जानकारी गराउँदै शिक्षक काठमाडौंमा, पश्चिम नवलपरासीका विद्यालय बन्द

प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
Read Time = 1 min

नवलपरासी । शिक्षकको आन्दोलनले गर्दा पश्चिम नवलपरासीमा रहेका सामुदायिक विद्यालयहरु आज बन्द भएका छन् ।

‘विद्यालय शिक्षा ऐन २०८०’ को विरोध गर्दै शिक्षकहरु आन्दोलनको लागि देशको राजधानी काठमाडौं गएपछि विद्यालयहरु बन्द भएका हुन् ।

जिल्लामा रहेका ३ नगरपालिका र ४ गाउँपालिका गरी ७ वटा स्थानिय तहबाट ५ सय जना शिक्षकहरु आन्दोलनको लागि काठमाडौं गएका छन् ।

शिक्षकहरुले काठमाडौं अन्दोलनमा गएका कारण नवलपरासीका अधिकांश सामुदायीक विद्यालयहरुले आफ्नो सामाजिक सञ्जालमा मार्फत विद्यालय बन्दहुने सूचना प्रेसित गरेका थिए ।

विद्यालय शिक्षा विधेयकको विरुद्धमा शिक्षकहरुले हिजोदेखि काठमाडौंको  माइतीघर-नयाँबानेश्वर सडकमा आन्दोलन गरिरहेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?