
काठमाडौं । सरोकारवाला निकायहरूसँगको सहकार्यमा खाद्यका लागि कृषि अभियानले विश्व खाद्य दिवस मनाएको छ । खाद्य दिवस मूल समारोह समिति, कृषि तथा वन विज्ञान विश्वविद्यालय, जिल्ला प्रांगारिक संघ चितवन, चितवन कचेहेरी, बेटर चितवन, कृषि तथा वन विज्ञान विश्वविद्यालय आबद्ध संघसंस्था र रामपुर क्याम्पस खैरहनी आबद्ध संघसंस्थाको सहकार्यमा असोज १९ देखि २१ गतेसम्म चितवनमा विभिन्न कार्यक्रम गरी दिवस मनाइएको हो ।
कार्यक्रमअन्तर्गत पत्रकारसँग अन्तरक्रिया, प्रभातफेरी, नाटक प्रदर्शनीलगायतका रहेका थिए । प्रभातफेरीमा सहभागीहरूले बिचौलिया हिँड्छ कारमा, किसान सधैँ मारमा, जमिन कसलाई, खेती गर्ने किसानलाई, रैथाने सीप, रैथाने बिउ, स्वस्थ खाना, फुर्तिलो जिउ भन्ने नारा लेखिएका प्लेटकार्ड बोकेका थिए । साथै खाद्यका लागि कृषि अभियानको सहकार्यमा शिल्पी थियटरले निर्माण गरेको नाटक सट्टापट्टाको प्रदर्शन गरिएको थियो भने असोज २१ गते कृषि तथा वन विज्ञान विश्वविद्यालयमा खानाका लागि खेतीपातीको बहस कार्यक्रम सञ्चालन गरिएको थियो ।
जीवन र खाद्यको आधार हो पानी भन्ने नाराका साथ बिहीबार विश्व खाद्य दिवस मनाइँदैछ ।
सो अवसरमा कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपति डा. पुण्यप्रसाद रेग्मी, रजिष्टार डा. शारदा थपलिया, कृषि विभागका महानिर्देशक डा. हरिबहादुर केसी, अभियानका संयोजक उद्धव अधिकारी, अभियानतर्फबाट सिर्जना पौडेल, कृषि अभियानका अभियन्ता डा. कृष्णप्रसाद पौडेल, प्राकृतिक स्रोत र वनविज्ञ डा. नयाँ शर्मा पौडेल, वातावरणविद् डा. उत्तमबाबु श्रेष्ठ, डा. खेमप्रसाद शर्मा, सागर कार्की र महेश बडाल, कृषक चन्द्रप्रसाद अधिकारी, रिता बस्ताकोटी, माधव ढुंगेल, मिना गुरुङ, डा. सुजता तामाङलगायतले पर्यावरणमैत्री दिगो कृषिबारे चर्चा गरेका थिए ।
बिहीबार ४३ औँ विश्व खाद्य दिवस
जीवन र खाद्यको आधार हो पानी भन्ने नाराका साथ बिहीबार विश्व खाद्य दिवस मनाइँदैछ । राष्ट्रिय र अन्तर्राष्ट्रिय गैरसरकारी संघसंस्थासँगको समन्वयमा प्रचार–प्रसार, प्रभातफेरी, विशिष्ट व्यक्तिको मन्तव्य, अन्तरक्रिया, लेख-रचना तथा अन्य विभिन्न कार्यक्रम गरी दिवस मनाइने कृषि विभागले जनाएको छ । विभागकी प्रवक्ता जानुका पण्डितका अनुसार प्रदेश र स्थानीय तह तथा अन्य कृषिसँग सम्बन्धित संघसंस्थाले पनि विश्व खाद्य दिवस मनाइरहेका छन् । प्रत्येक वर्ष अक्टोबर १६ मा मनाइने विश्व खाद्य दिवस अक्टोबर महिनाभरि उपयुक्त मितिमा मनाइने गरिएको छ ।
कृषि उत्पादनका विभिन्न जोखिमका कारण सन् २०३० सम्ममा विश्वका करिब ६० करोड मानिस दीर्घकालीनरूपमा कुपोषित हुने अनुमान गरिएको छ जसले भोकमरी उन्मूलनका लागि दिगो विकास लक्ष्य हासिल गर्न ठूलो चुनौती रहेको विभागले जनाएको छ । विभागका अनुसार विश्वव्यापीरूपमा स्वच्छ, पोषणयुक्त सन्तुलित भोजनको महत्वबारे जनचेतना जगाउन, भोकमरीबाट पीडित वर्गलाई उत्थान गर्न गरिने विभिन्न कार्य प्रवद्र्धन गर्न तथा सबैका लागि स्वास्थ्य आहार सुनिश्चित गर्नेतर्फ सरोकारवाला पक्षलाई ध्यानाकर्षण गर्नु दिवसको मूल्य उद्देश्य रहनेछ । राष्ट्रिय जनगणना तथा घरपरिवार सर्वेक्षण २०७८ अनुसार नेपालमा करिब ५७ प्रतिशत घरपरिवारले मात्र प्रशोधित पिउने पानीको पहुँच प्राप्त गरेको देखिन्छ । नेपालमा कृषक परिवारले चलन गरेको जग्गामध्ये सिँचाइ सुविधा भएको जग्गाको क्षेत्रफल ५४.४ प्रतिशतमात्र रहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच