काठमाडौं । दुई सिनेमा घर काठमाडौंको ‘बिग मुभिज’ र नारायणगढको ‘जलमा हल’ पुरस्कृत भएका छन् । चलचित्र निर्माता संघले काठमाडौंमा गरेको आफ्नो १७औं वार्षिक साधारणसभामा यी दुई सिनेमाघरलाई सम्मान गरिएको हो । नेपाली चलचित्र चलाएर धेरै आम्दानी गरेको भन्दै सम्मान गरिएको आयोजकले जनाएको छ । बिग मुभिजले ‘कबड्डी ४’ देखाएर एक करोड २५ लाख रुपैयाँ ग्रस कमाएको थियो भने उपत्यका बाहिर नारायणगढको जलमा हलले ६७ लाख रुपैयाँ ग्रस कमाएको थियो ।
यी दुई सिनेमाघरलाई सञ्चार सचिव कृष्णबहादुर राउतले सम्मान प्रदान गर्नुभएको थियो । हलका तर्फबाट बिग मुभिजका दीपेश शर्मा र जलमा हलका वीरेन्द्रनारायण श्रेष्ठले सम्मान ग्रहण गर्नुभएको थियो । कार्यक्रममा सञ्चार सचिव राउतले प्रस्तावित चलचित्र विधेयकलाई सहभागितामूलक बनाउन सरकार लागिपरेको बताउनुभयो । उहाँले चलचित्रकर्मीको सल्लाह सुझाव अनुसार विधेयक अघि बढ्ने बताउनुभयो ।
सो अवसरमा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले छलफल र सल्लाहकै लागि मस्यौदा सार्वजनिक गरिएको बताउनुभएको थियो । चलचित्रकर्मीको सुझाव अनुसार अघि बढ्ने उहाँले धारणा राख्नुभएको थियो । निर्माता संघका अध्यक्ष नबल खड्काले चलचित्र मस्यौदाको विषयमा आफूहरूको माग पूरा नभएसम्म बोर्डले गर्ने सबै कार्यक्रम बहिष्कार गर्ने चेतावनी दिनुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच