![नेपालले विश्वसँग प्रतिस्पर्धा गर्नसक्ने क्षेत्र सूचना प्रविधि हो : मन्त्री शर्मा](https://ehimalayatimes.com/wp-content/uploads/2024/05/Rekha-Sharma-2.jpg)
काठमाडौं । नेपाली कला संगीत क्षेत्रमा आफ्ना सशक्त प्रस्तुतिमार्फत चर्चा बटुल्न सफल नाम हो लक्षमणश्री । विसं २०५५ सालतिरबाट गाउन नाच्न सुरु गर्नुभएका लक्ष्मणले बागलुङबाट कलाकारिता सुरु गर्नुभएको हो । सानैबाट संगीत भनेपछि हुरुक्कै हुने लक्ष्मणले लोक तथा आधुनिक संगीतमा केही गर्न चहानुहुन्थ्यो । अडियोको जमानामा मन पर्ने क्यासेट किन्न नछुटाउने उहाँले गाउँका देउसी-भैलोमा मात्र नभई स्कुलका कार्यक्रममा पनि उत्कृष्ट कलाकारको रूपमा रहेर आफूलाई अब्बल सावित गर्नुहुन्थ्यो ।
अग्रज गायक नारायण गोपाल, फत्तेमान, प्रेमध्वज प्रधान, झलकमान गन्र्धवका थुप्रै गीतबाट प्रेरित उहाँले प्रगतिशील गीतहरू सानैबाट गुनगुनाउने गर्नुहुन्थ्यो । बालापनबाटै गीत सुन्ने गाउने बानी पर्नुभएका उहाँलाई भविष्यमा कुशल गायक तथा कुशल अभिनेता बन्ने रहर अर्थात् हुटहुटि दिनदिनै बढ्दै गएपछि गीत रेकर्ड गर्ने र रेडियो टेलिभिजनमा प्रसारण गर्ने लाखौं दर्शक श्रोतासमक्ष सुनाउने रहर जाग्यो । नेपाली गीतसंगीतमा कलाकारिता प्रस्तुत गर्ने लक्ष्यसहित उहाँ अगाडि बढ्ने क्रममा पहिलो गीत ‘मनमा हुन्छ माया’ रेकर्ड गराउनुभयो । अडियो भिडियोको जमानामा पनि रेडियो एफएमबाट निकै लोकप्रिय बनेको थियो ‘मनमा हुन्छ माया’ ।
सञ्चारको पहुँच कम भए पनि धेरैको मुखमा झुण्डिएको गीत थियो ‘मनमा हुन्छ माया’ । यतिबेला सोही गीतलाई रिरेकर्डसमेत गर्ने योजनामा हुनुहन्छ उहाँ । गायन सँगसँगै अभिनय र नृत्यमा पोख्त उहाँले ६८ सालमा ‘तिम्रो तस्वीर छुँदा’ बोलको लोक दोहोरी गीतमा अभिनय गर्नुभएको थियो । आफ्नै निर्माणमा तयार गर्नुभएको उक्त गीतबाट अभिनयकलाको प्रशंसा हुनथाल्यो । धेरै माग भए । लोक तथा आधुनिक गीतबाट अफर पनि आउनथाले । चर्चा परिचर्चा भयो, तापनि उहाँले आंशिक गीतहरूमत्र गर्न थाल्नुभयो किनकि उहाँले संख्यामा कहिल्यै ध्यान दिनुभएन बरू स्तरीयतामा जोड दिनुभयो । सस्तो लोकप्रीयताभन्दा गुणस्तरीय सिर्जनालाई विशेष ख्याल गर्ने उहाँजस्ता कलाकार सायद विरलै भेटिन्छन् । सिर्जना संख्या धेरैभन्दा थोरै तर उत्कृष्ट प्रस्तुतिमा उहाँ विशेष ध्यान दिनुहुन्छ । विश्वास गर्नुहुन्छ ।
संगीत यात्राको दौडानमा तिर्खा बढ्दै जाने क्रम चलिरहँदा उहाँले संगीत बजारमा सिर्जना समर्पण गरी तिर्खाकोे प्यास मेटाउँदै जानुभयो ।
जानेक्रममा एउटा लोक आधुनिक गीत रेकर्ड गर्नुभयो ‘इतिहासको पानामा तिम्रो मेरो नाम होस्’ । यो गीतमा नेपाली गीतंसंगीतका बहुचर्चित एवं लोकप्रीय गायीका अञ्जु पन्तसँग आवाज दिनुभएको थियो । यस गीतको रचनासमेत उहाँ आफैंले गर्नुभएको छ भने यसै गीतमार्फत उहाँले एक कुशल गीतकारको परिचय दिन सफल हुनुभयो ।
सानैदेखि चलचित्रमा उत्तिकै सौखिन उहाँले गीतको भिडियोमा नेपालकी सुप्रशिद्ध नायिका करिश्मा मानन्धरलाई आफ्नो जोडी कलाकारको रूपमा प्रस्तुत गर्नुभएको थियो अर्थात् अभिनय गर्नुभएको थियो । उहाँहरूको जीवन्त अभिनयको चारैतिरबाट मुक्तकण्ठाले प्रशंसा भयो । अनि यसै गीतका गायन अभिनयका पात्र करिश्मा र लक्ष्मणको अभिनय र गायनको चौतर्फी प्रशंसा बटुल्न थालेपछि उहाँलाई थप हौसला थपियो । जसका कारण उहाँले लगत्तै ‘मेरा हरेक सफलतामा ताली दिने मान्छे’ बोलको गीत रेकर्ड गराउनुभयो ।
सोही गीतमा चलचित्रकी अर्को चर्चित नायिका केकी अधिकारीसँग अभिनय गर्नुभयो । यसरी गीतसंगीतमा निरन्तरता दिने क्रममा एकपछि अर्कोे गीत तथा भिडियो निर्माण गर्नै पर्ने परिस्थिति उहाँमा आइलाग्यो । श्रोता शुभचिन्तकका लागि उहाँले काम गर्नैपर्ने जस्तो देखिए तापनि गीतसंगीतमा निरन्तरता दिनुपर्छ भन्ने अभिप्रायले पुनः अर्को गीत रेकर्ड गराउनुभयो । ‘सृष्टि कि रचना हौ’ बोलको गीतमा उहाँ गायन र अभिनयको भूमिकामा प्रस्तुत हुनुभएको छ । नौमतीबाजा हिमालको काखैमा उहाँले स्वर, शब्द संगीत र अभिनयको भूमिकामा रहनुभएको छ । लोक संस्कृतिलाई जर्गेना गर्नु आफ्नो कर्तव्य सम्झी ‘जन्मेको प्यारो ठाउँ’ बोलको सालैजो गीत सार्वजनिक गर्नुभएको थियो । जसमा स्वर शब्द नृत्य र अभिनयको भूमिकामा रहनुभएको थियो ।
‘यो दिलमा नाम लेख्ने कलम हौ तिमी’, ‘फुलबुट्टे चोली’, ‘नाचिदेउ कम्मर भाँचेर’ ‘मानवताका खानी’ जस्ता गीतमा उहाँको स्वर तथा अभिनय गरेका गीतहरू हुन् । उहाँ माया–प्रेममात्र नभएर समानता गीतहरूमा पनि रुचि राख्ने गर्नुहुन्छ, तसर्थ लेखक आहुति र संगीतकार बिबि अनुरागीको संगीत र स्वरमा रहेको ‘मानवताका खानी’ गीत उहाँले निर्माण गर्नुभएको छ ।
आफ्नै युट्युबमार्फत गीत सार्वजनिक गर्नुभएको छ । उहाँ नयाँ तथा पुराना दुवै जेनेरेशनका सर्जकसँग काम गर्न रुचाउनुहुन्छ ताकी नयाँसँग केही नयाँ र राम्रो चिज हुन्छ भन्ने विश्वासलाई मध्यनजर गर्दै उहाँले लोकआधुनिक गीत ‘म तिम्रै डल्ले हो’ सार्वजनिक गर्नुभएको छ । लोकप्रिय गायिका मिलन नेवारसँग युगल स्वर दिनुभएको छ जसमा उहाँले स्थापित र प्रतिष्ठित डान्स ग्रुप कार्टुन कृृउसँग भिडियोमा काम गर्नुभएको छ ।
नेपाली गीतसंगीतमा उहाँले केबल सिर्जनामात्र दिनुभएन केही सन्देश दिनुभयो केही प्रेरणा पनि दिनुभयो । उहाँले गरेको उल्लेखनीय योगदानको कदर भएका छन् । सम्मान र अवार्ड प्राप्त गर्नुभएको छ । दलित साहित्य एकेडेमीमार्फत अन्तर्राष्ट्रिय लाइफटाइम अचिभमेन्ट अवार्ड-२०२१ उपलब्ध भएको थियो । तत्कालीन शिक्षामन्त्री देवेन्द्र पौडेलको हातबाट नेशनल ब्राण्ड म्युजिक अवार्डअन्तर्गत उत्कृष्ट (एक्सेलेन्टं) गायक अवार्ड प्राप्त गर्न सफल हुनुभएको थियो । ‘हिमालको काखैमा’ बोलका गीतबाट उहाँले उक्त अवार्ड प्राप्त गर्नुभएको थियो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘पचण्ड’को हातबाट नेशनल इन्टरटेन्मेन्ट कला सम्मानद्वारा सम्मानित हुनुका साथै ‘मेरा हरेक सफलतामा’ बोलको गीतबाट जुरी अवार्ड प्राप्त गर्नुभएको थियो । ‘उर्वरा राष्ट्रिय बहुआयामिक कला सम्मान–२०६९’ बाट पूर्वस्वास्थ्यमन्त्री माननीय गगनकुमार थापाको हातबाट उहाँ सम्मानित हुनुभएको थियो । राष्ट्रिय लोकतथा दोहोरी गीत प्रतिष्ठानको आठौं वार्षिकोत्सवका अवसरमा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकट्टेलबाट कदरपत्रद्वारा सम्मान गरिएको थियो । नेपाली गीतसंगीतको श्रीवृद्धिमा हर समय तल्लीन रहेका उहाँका कार्य समाजमा अनुकरणीय छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच