बाइडेन २०२४ मा डेमोक्रेटिकबाट राष्ट्रपतिको उम्मेदवार बन्ने पक्का

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडाैं । अमेरिकी राष्ट्रपति जो बाइडेन जर्जियाको प्राइमरीमा विजय भएसँगै डेमोक्रेटिक पार्टीबाट २०२४ को राष्ट्रपति पदको उम्मेदवार बन्ने पक्का भएको छ । राष्ट्रपति पदको उम्मेदवारका लागि उहाँले पर्याप्त प्रतिनिधिहरू प्राप्त गर्नुभएको हो ।

जर्जियाको प्राइमरीमा आफ्नो जितसँगै, वर्तमान राष्ट्रपतिले यस वर्षको डेमोक्रयाटिक उम्मेदवारी बन्द गर्न र नोभेम्बरमा हुने मतपत्रमा पार्टीको प्रतिनिधित्व गर्न कुल ३ हजार ९३४ मध्ये १ हजार ९६८ प्रतिनिधि प्राप्त गर्नुभएको छ । यसैबीच पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलवार दक्षिणपूर्वी राज्य जर्जियामा रिपब्लिकन प्राइमरी जित्नुभएको छ ।

राष्ट्रपति पदको उम्मेदवारको लागि ट्रम्प र बाइडेन पुनः भिड्ने पक्का भएको हो । बाइडेन र ट्रम्पले यस महिनाको शुरुमा प्राइमरीहरू पछि एक अर्काको बिरूद्ध बयानबाजी गरेका छन् । उनीहरू दुवै आफ्नै पार्टीको फेस-अफमा भारी मतले जितेका छन् ।

सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?