नेपाललाई तेस्रो सफलता, सन्दीप लामिछानेले लिए विकेट

फाईल तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । जिम्बाब्वेमा जारी आईसीसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले वेष्ट इण्डिजको तेस्रो विकेट लिएको छ ।

जिम्बाव्वेको हरारे स्पोर्टस क्लबमा भइरहेको खेलमा नेपालका सन्दीप लामिछानेले तेस्रो विकेट लिएका हुन् । १५.३ ओभरमा नेपाललाई तेस्रो सफला दिँदै लामिछानेले विकेट लिएका हुन् ।

यसअघि करण केसीले दोस्रो ओभरको तेस्रो बलमा पहिलो विकेट लिएका थिए भने ४.१ ओभरमा गुल्सन झाले दोस्रो विकेट लिएका हुन् ।

यो समाचार तयार पार्दासम्म वेष्ट इण्डिजले १५.३ ओभरको समाप्तिमा ३ विकेट गुमाएर ५५ रन जोडेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?