एमाले त्यागेर राप्रपाबाट कन्काइ मेयरमा उम्मेदवारी दिएका ओली भन्छन्: भ्रष्टाचारविरुद्ध मेरो मनोनय

Read Time = 3 mins

झापा । झापाको कन्काई नगरपालिकामा एक हप्ता अघिसम्म एमालेका नेता रहनु भएको श्यामसुन्दर ओली स्थानीय तहको निर्वाचनको उम्मेदवारी दिने दिन राप्रपामा प्रवेश गर्नुभयो । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसँग निकट रहनु भएको श्यामसुन्दरलाई उहाँको पार्टी एमालेले टिकट दिएन । एमाले अध्यक्ष केपी ओलीको नातेदारसमेत रहनु भएको श्यामसुन्दरलाई एमालेले टिकट नदिएपछि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई भेट्न हल्दिबारीस्थित लिङ्देनको घर गोलधापमा पुग्नुभयो ।

श्यामसुन्दरलाई लिङ्देनले राप्रपामा प्रवेश गराई चुनाव लड्न टिकट दिनुभयो । लोकतन्त्र, सुशासन, राष्ट्रियता र विकासको मूल नारा लिएर वैकल्पिक शक्तिको रूपमा उदाएको दाबी गर्ने राप्रपाबाट कनकाई नगर प्रमुख पदमा श्यामसुन्दर उम्मेदवार बन्नुभएको छ। देवीप्रसाद ओली ९दाताराम०बाट समाजसेवा र राजनीतिप्रतिको लगाव उहाँमा देखिन्छ ।

२०५३ सालमा एमाले नेता युक्त भेटवालको चुनावी अभियानमा सरिक भएर कम्युनिष्ट राजनीतिको यात्रा सुुरु गर्नुभएको ओलीले केही दिन अघिसम्म एमालेमै रहेर आफ्नो राजनीतिक कर्मलाई निरन्तरता दिनुभएको थियो । एमालेको आन्तरिक गुटबन्दीका कारण उहाँलाई नगर प्रमुखको टिकटबाट वञ्चित गरिएको उहाँ बताउनुहुन्छ ।

उहाँ जनचाहना बमोजिम राजनीतिमा आएको र जनसेवा नै आफ्नो अभिष्ट भएको दाबी गर्नुहुन्छ। नेपाल विद्युत प्राधिकरणमा लामो समय काम गर्नुभएको ओलीले कनकाई नगरपालिका, झापा गाउँपालिका र शिवसताक्षी नगरपालिकाका तीनवटा वडामा विद्युत् विस्तारमा मुख्य भूमिका खेलेर उज्यालो नगरीको अभियानअघि बढाइरहनु भएको छ ।

जनताको जीवनशैलीलाई माथिल्लो तहमा लैजाने र मुलुकमा शान्ति अमनचयन कायम गर्ने लक्ष्य रहेको श्यामसुन्दर बताउनु हुन्छ । भ्रष्टाचारविरुद्ध उहाँले राप्रपाबाट कन्काई नगरको प्रमुखमा उम्मेदवारी दिनुभएको छ । ‘भ्रष्टाचार गर्नु आमाको रगत खानुसरह हो,’ भन्ने राप्रपाका केन्द्रीय अध्यक्षको लाइनमा हुनुहुन्छ उहाँ ।

कन्काई नगरमा व्याप्त सेटिङ मिलाएर राज्यकोषको दोहन गर्ने र जनताले तिरेको करको दुरुपयोग गर्ने परिपाटीका विरुद्ध आफ्नो उम्मेदवारी रहेको उहाँको भनाइ छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?