
नवलपरासी । चाडपर्व नजिकिदै गर्दा पश्चिम नवलपरासीमा नवलपरासीको रामग्राम १२ कुनवारबाट मंगलबार दिउँसो ठूलो परिणामको पटका बरामद भएको छ ।
भित्री सडकबाट पिकअपमा लोड गरेर भूमहीतर्फ लैजाँदै गरेको अवस्थामा सशस्त्र प्रहरी बल नम्बर २६ गण हेडक्वार्टर नवलपरासीको गस्ती टोलीले उक्त पटका बरामद गरेको हो ।
बरामद भएको पटकाको बजार मूल्य ९ लाख ५० हजार बढीको रहेको गणका सूचना अधिकारी डीएसपी यज्ञमान साउदले जानकारी दिनु भयो । भारतको ठूठीबारीबाट महेशपुर नाका हुँदै उक्त पटका ल्याइएको हो ।
बरामद भएको पटका एक पिसलाई ३० देखि ५/६ सय मूल्य पर्नेसमेत रहेको सशस्त्र प्रहरीले जनाएको छ । तीव्र गतिमा गाडी कुदेको देखेपछि शंका लागेर चेकजाँच गर्ने क्रममा बाग्मती प्रदेश ०३-००१ च ११३८ नम्बर को पिकअपबाट पटका बरामद भएको डीएसपी साउदले बताउनु भयो ।
बरामद भएको पटकलाई खाल्डोमा पुरेर नष्ट गरिएको सशस्त्र प्रहरीले जनाएको छ । पटकासँगै पक्राउ परेको सवारी साधनलाई आवश्यक कारबाहीका लागि महेशपुर भन्सार चलान गरिएको छ । चाडपर्व नजिकिएसँगै सीमावर्ती नाकाबाट विष्फोटक जन्य पटकाहरू नवलपरासीतर्फ भित्रिने गरेका छन् ।
पटकासँगै पक्राउ परेका चालकलाई लिएर शंकास्पद गोदाम हेर्न पुगेका सशस्त्र प्रहरी र स्थानीयबीच विवाद उत्पन्न भएको थियो । विवादका क्रममा सशस्त्र प्रहरीको गाडीमा रहेका पिकअप भ्यानका चालक पाल्हीनन्दन-३ बेलासपुरका सुनील गुप्तालाई स्थानीयको भीडले भगाएको सशस्त्र प्रहरीले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच