काठमाडौं । सरकारी वकिलको कार्यालय काठमाडौंले सुन तस्करी प्रकरणमा राहुल महरासहित चारजनाविरूद्ध मुद्दा दायर गरेको छ ।
इलेक्ट्रिक चुरोट (भेप)भित्र ९ किलो सुन तस्करी गरी ल्याएको आरोपमा राहुल महरासहित चारजनाविरूद्ध बुधबार मुद्दा दायर गरेको हो । चारजना प्रतिवादीमध्ये तीनजना पक्राउ परेका छन् भने एकजना फरार छन् ।
पक्राउ परेका प्रतिवादीहरुमा पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल, काठमाडौंको नागार्जुनका लोकेन्द्रकुमार पौडेल र बेल्जियमका नागरिक दावा छिरिङ रहेका छन् । प्रतिवादी बौद्धका निमा गुरूङ फरार छन् ।
उनीहरूविरूद्ध आपराधिक विश्वासघात, भन्सार चोरी पैठारी तथा संगठित अपराधसम्बन्धी कसुरमा मुद्दा दायर भएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच