![मलाई प्रधानमन्त्रीबाट हटाउन सजिलो छैन, पूरै अवधि काम गरिन्छ : प्रधानमन्त्री दाहाल](https://ehimalayatimes.com/wp-content/uploads/2024/06/pm-dahal-1.jpg)
दैलेख । दैलेखमा 'ठूलो ओखती’ नामले चिनिएको पहिचान नभएको जंगली जडिबुटी खाएर एक जनाको मृत्यू भएको छ भने दुई जना बिरामी परेका छन् ।
भगवतीमाई गाउँपालिका–४ तुर्सूगाउँका २५ वर्षीय नर्तम बिकको बुधबार बिहान मृत्यू भएको जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्चार्ज किशोर लम्सालले जानकारी दिनुभयो ।
जङ्गली जडीबुटी खाएका तीन जनामध्ये एक जनाको मृत्यु भएको र अन्य दुई जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको उहाँले बताउनु भयाे ।
दुई दिन अघिदेखि ज्वरोले थला परेकाहरुलाई ज्वरो घटाउने भनी गएराति घरमै राखिएको जंगली जडिबुटी खान दिएकाे पाइएकाे छ ।
अरु दुई जना ६१ वर्षका धने कामी र १२ वर्षीय बालक रमेश बिककाे स्वास्थ्य अवस्था गम्भीर रहेको दैलेख अस्पतालका डा. निमेश भूसालले बताउनुभयो ।
स्वास्थ्य अवस्था गम्भीर भएका दुई जनालाई दैलेख अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाइएको भगवतीमाई गाउँपालिकाका उपाध्यक्ष मीना खड्काले जानकारी दिनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच