काठमाडौं । काठमाडौं रेजर्सले राकेश श्रेष्ठलाई सहायक प्रशिक्षकमा नियुक्त गरेको छ । बुधबार एक विज्ञप्ति निकाल्दै काठमाडौं रेजर्सले नेपाल सुपर लिग एनएसएलको दोस्रो संस्करणका लागि श्रेष्ठलाई सहायक प्रशिक्षक नियुक्त गरिएको जनाएको हो ।
काठमाडौं रेजर्सलाई पहिलो संस्करणको एनएसएलको उपाधि जिताउनसमेत सहायक प्रशिक्षक हुनुहुन्थ्यो । मुख्य प्रशिक्षकमा बालगोपाल महर्जनलाई नै निरन्तरता दिएको रेजर्सले सहायक प्रशिक्षकमा समेत श्रेष्ठलाई दोहो¥याएको हो ।
‘पहिलो संस्करणमा टिमलाई विजेता बनाउन सफल तथा विभिन्न उमेर समूहको टिमलाई प्रशिक्षण गराइसक्नुभएका नेपाली राष्ट्रिय फुटबल टिमका सफल कप्तान श्रेष्ठलाई पुनः आबद्ध गरिएको जानकारी गराउन चाहन्छौँ,’ रेजर्सले विज्ञप्तिमा भनेको छ । क्लबले श्रेष्ठलाई पुनः टिममा आबद्ध गराउन पाउँदा ज्यादै खुसी लागेको बताएको छ ।
काठमाडौं रेजर्स एनएसएलको साबिक विजेता टिम हो । उसले हिसब थपलियालाई मार्की खेलाडीका रूपमा अनुबन्धन गर्दै दोस्रो संस्करणको प्रतियोगिताको तयारी अघि बढाएको छ ।
यस्तै, काठमाडौं रेजर्सले बालगोपाल महर्जनलाई प्रशिक्षकमा निरन्तरता दिएको छ । महर्जनकै प्रशिक्षणमा गत सिजन काठमाडौंले उपाधि उचालेको थियो भने यो सिजन चर्च ब्वाइज युनाइटेडले शहीद स्मारक ए डिभिजन लिगको उपाधि जितेको थियो ।
नेपाली राष्ट्रिय टोलीलाई बंगबन्धु गोल्डकप, थ्री नेसन्स कप जिताउनुभएका महर्जनले यू-२३ लाई १३औँ दक्षिण एसियाली खेलकुद (साग) को फुटबलमा स्वर्ण र यू-१९ लाई साफ च्याम्पियनसिपको उपाधि दिलाउनुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच